दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन्।
शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका छ हजार ७७५ जनप्रतिनिधिले मात्र सम्पत्ति विवरण बुझाएका छन् । मुलुकका ७५३ स्थानीय तहमा कुल ३५ हजार ४१ जनप्रतिनिधि छन्।
जनप्रतिनिधिलाई अझै केही दिन सम्पत्ति विवरण बुझाउने समय दिएको राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति विवरण अनुगमन शाखाका प्रमुख परशुराम पोखरेलले जानकारी दिए।