सरकारले विभिन्न समूहसँग भएका सहमति/सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, थारू कल्याणकारी सभा, थरुहट/थारूवान संयुक्त संघर्ष समिति, जनमत पार्टीलगायत राजनीतिक दल तथा समूहसँग विभिन्न समयमा भएका सहमति/सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।