काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्किए। शुक्रबार बेलुकी ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका विदेशमन्त्री वाङले करिब ४८ घण्टा नेपालमै बिताए।शिवपुरीमा हाइकिङ गरेर भ्रमण सुरु गरेका उनले सोही दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र समकक्षी नारायण खड्कासँग भेटवार्ता गरे। शनिबार परराष्ट्रमन्त्रीस्तरीय बैठकका क्रममा ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भयो। लगत्तै प्रधानमन्त्रीसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण गर