जथाभावी फोहोर व्यवस्थापनमा कडाइ

काठमाडौं महानगरपालिकाले रूपमा फोहोर फाल्नेलाई कारबाही गर्ने भएको छ । पछिल्लो समय महानगरपालिकाले नै फोहोर संकलनमा ढिलाइ गर्दा उपत्यकाको सार्वजनिकस्थलमा फालिएको फोहोरका कारण दुर्घन्ध बढ्न थालेपछि महानगरपालिकाले नै जथाभावी रूपमा फोहोर फाल्न कडाइ गर्न लागेको हो ।महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्ट्याएर नफाले कारबाही अगाडि बढाउने तयारी गरेको छ । कुहिने फोहोरलाई मल बनाउन सकिने […]

सम्बन्धित सामग्री

सिंहदरबारमै कुकुर व्यवस्थापनमा समस्या

काठमाडौँ – मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। यो समस्या वर्षौँदेखिको हो। सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभावी दिसा–पिसाब गरेर फोहोर गर्ने, सिंहदरबारभित्र फोहोर संकलन तथा सरसफाइ गर्नेलाई टोक्न खोज्नेजस्ता समस्या देखिए पनि त्यसको व्यवस्थापनका लागि कुनै पनि निकाय जिम्मेवार र तत्पर देखिएका छैनन्। सिंहदरबारभित्र रहेका कुकुरको यकिन तथ्यांक छैन। कुकुरलाई […]

पर्यटकको आकर्षक गन्तव्य तालतलैयाको फोहोर व्यवस्थापनमा चुनौती

धरान (अस) । पछिल्लो समय सुनसरीका सिमसार क्षेत्रहरू पर्यटकको आकर्षक गन्तव्य बन्दै गएका छन् । सिमसार क्षेत्रमा पुगेर प्रकृतिको मनोरम दृश्यावलोकनसँगै त्यहाँ रहेका पार्क, चिडिया घर लगायतले आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने गरेको छ । सिमसार क्षेत्रहरू जति पर्यटकीय स्थल बन्दै गएको छ, त्यति नै दूषित पनि बन्दै गएका देखिन्छन् । सिमसार क्षेत्रको संरक्षण तथा फोहोर व्यवस्थापनमा स्थानीय सरकारले चासो नदिँदा प्रदूषित बन्दै गएका पर्यटकले गुनासो गर्न थालेका छन् । सिमसार क्षेत्रका पानीका मुहान पनि सुक्दै गएका छन् । एकातिर वनभोज खान आउनेहरूले जथाभावी फोहोरले प्रदूषित बन्दै गएको छ भने तालतलैयामा रहेका जलकुम्भीका कारण आकर्षक तालतलैयाको सौन्दर्य नै हराउन थालेको छ । फोहोरले दूषित बनाउँदै गएपछि इटहरीस्थित तालतलैया क्षेत्रमा शनिवार सरसफाइ गरिएको छ । तालमा भरिएका जलकुम्भीहरू नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत स्थानीयहरूको सहयोगमा सरसफाइ गरिएको हो । जलकुम्भीले वातावरणमा नकरात्मक असर पर्ने र तालको सुन्दरता  ढाकिने भएपछि सरसफाइ गरिएको तालतलैया संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले बताए । ‘तालतलैयाको सुन्दरता देखेरै सयौं सर्वसाधारण तालतलैया घुम्न आउँछन् । जलकुम्भीका कारण ताल कुरूप बन्दै गयो । यसको सुन्दरतामा निखार ल्याउन पनि हामीले सरसफाइ गरेका हौं,’ उनले भने । पछिल्लो समय तालतलैयामा रहेको पोखरी, चिल्ड्रेन पार्क, चिडिया घर र विभिन्न आकृति खोपिएका ढुंगाका मूर्तिहरूले तालतलैयामा सर्वसाधारणको आकर्षण बढेको बताइएको छ ।

उपत्यकाको चोकचोकमा थुप्रिएको फोहोर व्यवस्थापन हुन एक साता लाग्ने

चैत ८, काठमाडौं । काठमाडौं उपत्यकाको सडक चोकचोकमा थुप्रिएको फोहोरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ । चैत महीना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहोर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महीनामा चार दिन र गत फागुनमा २३ दिन विभिन्न वहानामा फोहर व्यवस्थापन हुन सकेन । लामो समयदेखि फोहर रोकिएको हुनाले नियमितरुपमा व्यवस्थापन कार्य हुँदा पनि एक साता लाग्ने कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी गराइन् ।   ‘घरबाट फोहर बाहिर निकाल्दैमा फोहरको व्यवस्थापन हुँदैन, सडकमा जथाभावी फोहर हुनु भनेको पनि थप समस्या हुनु हो’, प्रमुख राईले नागरिकलाई आग्रह गर्दै भने, ‘फोहरको गाडी लिन आएपछि मात्रै घरबाट फोहर निकालेर व्यस्थापन गर्नु सहज हुन्छ ।’ फोहर व्यवस्थापन गरिदै आएको स्थान सिसडोलका स्थानीयले फोहर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालोपत्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहर उठ्न सकेको थिएन ।  त्यसैगरी, पछिल्लो समय निर्माणाधीन बञ्चरेडाँडाका स्थानीयले निर्माणस्थल वरपरका जग्गा अधिग्रहण गर्नुपर्ने, स्थानीयलाई निःशुल्क स्वास्थ्योपचार गराउनु पर्नेजस्ता माग राखेका छन् । सहरी विकास मन्त्रालयले निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा पहिलो सेलको काम सम्पन्न भएको भन्दै फोहर राख्न मिल्ने जानकारी दिएको छ ।  हाल फोहर व्यवस्थापनस्थल सिसडोल भरिएको र  निर्माणाधीनस्थलमा पनि फोहर राख्न शुरु गर्नु पूर्वनै स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा थप समस्या हुने देखिएको कामपाको भनाइ छ । उपत्यकामा दैनिक एक हजारदेखि एक हजार २०० टनसम्म फोहर निस्कने गरेको छ ।  उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । यी सबै फोहर निजी र महानगरका गरी दैनिक २०० भन्दा धेरै टिपर–ट्रकबाट लगिनेछ । रासस

वीरगञ्जमा उठ्न थाल्यो अस्पतालजन्य फोहोर, अलग - अलग डष्टविनको प्रयोग गर्न अनुरोध

फागुन ५, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नियमित रूपमा अस्पतालजन्य फोहर संकलन गर्न थालेको छ ।  महानगरपालिकाले बिहीवारदेखि यो अभियान शुरु गरेको हो । केहीदिन अघि वीरगञ्जको नगवामा अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना भएको थियो । फोहोर व्यवस्थापनकालागि अस्पतालजन्य फोहोर संकलन शुरु भएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।  वीरगञ्जमा अस्पताल, नर्सिङ होम, तथा विभिन्न परीक्षण प्रयोगशालाबाट निस्कने फोहोर तालिम प्राप्त प्राविधिकले नष्ट गर्ने महानगरले बताएको छ । अस्पताल र परीक्षण प्रयोगशालाबाट निस्किने मानव अङ्ग तथा स्वास्थ्यमा प्रतिकूल असर गर्ने खालका फोहोरहरुको उचित व्यवस्थापनकालागि छुट्टै अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको महानगरले बताएको छ ।  अब नियमित रुपमा अस्पतालजन्य फोहोर संकलन गरी व्यवस्थापन हुने भएकाले यसले वातावरण स्वच्छ राख्न पनि मद्दत पुग्ने नगर प्रमुख सरावगीको विश्वास छ ।  अस्पताल तथा प्रयोगशालाहरुले जथाभावी फोहोर नफ्याँकेर फोहोर व्यवस्थापनकालागि छुट्टै डष्टविनहरुको प्रयोग गर्न र फोहोरहरुलाई उचित व्यवस्थापनमा सहयोग पु र्‍याउनसमेत महानगरले आग्रह गरेको छ ।

फोहोर व्यवस्थापनमा सकस

जुम्ला-सदरमुकाम खलंगा बजार क्षेत्रमा जनघनत्वसँगै दिन प्रतिदिन फोहोर पनि बढ्दै गएको छ । बजार क्षेत्रमा जथाभावी विभिन्न प्रकारका फोहोर फाल्ने गलत संस्कारले सदरमुकाम दुर्गन्धित बन्दै गएको हो ।