आम निर्वाचन : प्रदेशसभामा पनि कांग्रेसले खाेल्याे खाता, कहाँ काे भए विजयी ?

पोखरा । मुस्ताङको प्रदेशसभा (क) मा कांग्रेसका नाम्डु गुरुङ विजयी हुनुभएकाे छ । उहाँले १ हजार ४८ मत ल्याउँदा एमालेका पुर्व प्रदेशसभा सदस्य इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमात्रै पाउनु भएकाे हाे । उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् । प्रतिनिधिसभा सदस्यमा यसअघि नेपाली कांग्रेसका योगेश […]

सम्बन्धित सामग्री

मधेसमा मधेसवादी दलको ‘पावर’ कति ? यसरी बन्न सक्छ सरकार

आम निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भएसँगै सङ्घ र सात वटै प्रदेशमा सरकार गठनका लागि जोड घटाउ सुरु हुन थालेको छ । मधेस प्रदेशमा मधेसवादी दल तुलनात्मक रूपमा कमजोर भए पनि सरकार गठनका लागि यी दलको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ ।१०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ १५ र समानुपातिकमा ८ गरी २३ सांसदसहित पहिलो दलको हैसियत बनाएको छ । नेपाली कांग्रेस भने प्रत्यक्षतर्फ १३ र समानुपातिकमा ९ गरी २२ सांसदसहित दोस्रो हैस

प्रदेश १ मा एक सिट पाएको जसपासँग सत्ताको साँचो

आम निर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक भएसँगै अब दलहरू सरकार गठनका लागि समीकरणको जोडघटाउमा जुट्न थालेका छन् ।सात वटा प्रदेशमध्ये प्रदेश १ मा रोचक समीकरण बनेको छ । प्रदेश १ को प्रदेशसभामा जम्मा एक सिट जितेको जसपा नेपालले जुन पक्षलाई समर्थन गर्दछ, उसैले सरकार गठन गर्न सक्ने अवस्था देखिएको छ ।९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनमध्ये कसैले पनि जसपा नेपालको समर्थन बिना बहुमत हासिल गर्ने अवस्था देखिएको छैन । प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसदको सम