ग्लोबल आइएमई बैंकले चितवनका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवाली र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले हस्ताक्षर गरेका छन् ।  सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले भण्डारा लगायत चितवनका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुुरपालन, माछापालन तथा विभिन्

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र धादिङको नीलकण्ठ नगरपालिकाबीच सम्झौता गरिएको छ । उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरवासीलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धमा दुई पक्षीय सम्झौता गरिएको हो । सम्झौतापत्रमा नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगाना र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत उद्यमशीलता तथा वित्तीय साक्षरता तालीम लिएका नगरवासीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । नगरपालिकाको सिफारिशमा दिइने कर्जा व्यावसायिक बाख्रापालन, डेरी, तरकारीखेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूलको उत्पादनलगायत लघु उद्यम लक्षित हुने बैंकले बताएको छ । सोही अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रम पनि गरेको थियो । मुलुकभर सबै जिल्लामा शाखा सञ्चालन गरिरहेको बैंकले ३६७ एटीएम र २८६ शाखारहित बैंकिङमार्फत कारोबार गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले किसानलाई सहुलियतपूर्ण कर्जा दिने

ग्लोबल आइएमई बैंक, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच सम्झौता भएको छ । सो त्रिपक्षिय कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एण्ड डी इनोभेटिभ सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, […]

कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन त्रिपक्षीय समझदारी

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नगरपालिका, ग्लोबल आइएमई बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिबीच त्रिपक्षीय समझदारी भएको छ । नगरपालिकामा यसअघि अपनाइँदै आइएको परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमार्फत व्यावसायीकरण गर्दै कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन त्रिपक्षीय समझदारी गरिएको हो । आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र दिक्तेल...

ग्लोबल आइएमई बैंक र स्थानीय तहबीच सम्झौता

काठमाडौं, नेस  ।  ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पहुँच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतामा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसीकोट नगरपालिकाको तर्फबाट […]

ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच सम्झौता भएको छ ।हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पँहुच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।सम्झौतामा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसीकोट नगरपालिकाको तर्फबाट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्ट, मालिका गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, मदाने गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष दानबहादुर के.सी. र धुर्कोट गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयूक्त रुपमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हेफर नेपालको तर्फबाट बाख्रा पालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, मदाने गाँउपालिका, र धुर्कोट गाँउपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपाल अन्तर्गतको बाख्रा पालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रति ग्राहक अधिकतम् दश लाख रुपैया मात्र) सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने परियोजना अन्तर्गतका ऋणिहरुलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्नेछ । मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट  सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुयितपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सम्झौता अनुसार संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिकका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएकालगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई बैंकले सहुलियतपूर्ण कर्जा […]

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने प्रयोजनार्थ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।ग्लोबल आइएमई बैंक लिमिटेडमा आयोजित एक कार्यक्रमबीच, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न, सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधि, २०७५ (संशोधन सहित)