पछिल्लो चार महिनादेखि रिक्त रहेको बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी चयन हुनुभएको छ । बेनी अस्पताल विकास समितिको अध्यक्षमा चयन हुनुभएका सुवेदी बेनी नगरपालिका ६ अर्थुङ्गेका स्थायी बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र) बेनी नगरकमिटीका सचिव हुनुहुन्छ ।