काठमाण्डाै - आयरल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । अफगानिस्तान विजयी भएसँगै यी दुई देशबीचको पाँच खेलको टी–२० शृङ्खला २/२ को बराबरी भएको छ ।
बेलफास्टमा गएराति भएको खेलमा अफगानिस्तान २७ रनले विजयी भयो । निरन्तर पानी परेका कारण खेल ११ ओभरमा छोट्याइएको थियो । अफगानिस्तानले दिएको दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली आयरल्यान्डले ११ ओभरमा अलआउट हुँदै १ सय ५ रन मात्र बनायो । उसका जर्जी ड्याकरोलले अविजित ४१ तथा पउल स्ट्रलिङले २० रन बनाए ।
अफगानिस्तानका फरिद अहमदले ३ तथा ...