यौनहिंसाको उजुरीमा हदम्याद हटाउन माग गर्दै आज पनि प्रदर्शन(तस्बिरसहित)

काठमाडाैँ- महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हद म्याद राख्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौँको माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ। पीडाको कुनै हदम्याद हुँदैन भन्ने मूलनारासहित सो प्रर्दशन गरिएको हाे। सडकमा पलेटी कसेर बसेका प्रर्दशनकारीहरूले पीडकलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिसहितको व्यवस्था सरकारले नगरेसम्म आफूहरूको आन्दोलन […]

सम्बन्धित सामग्री

याैन हिंसामा उजुरीकाे हदम्याद ३ वर्षसम्म राख्ने संसदीय समितिकाे प्रस्ताव

काठमाण्डाै – संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले बलात्कारकाे घटनामा हदम्याद दुई वर्ष बढाउने प्रस्ताव गरेको छ । आज शुक्रवार समितिले याैन हिंसाविरुद्धका केही ऐन संशाेधन गर्न बनेको विधेयकमाथिको छलफलमा हदम्याद बढाउने प्रस्तावमा सहमति जुटाएको हो । बलात्कारसम्बनधी घटनाको मुद्दामा हदम्याद हटाउन माग भइरहेका बेला संसदीय समितिले दुई थरी हदम्यादको प्रस्ताव गरेको हो । समितिले बालबालिका तथा अपाङ्गता भएका, अशक्त र मानसिक अवस्था कमजोर भएका व्यक्तिको हकमा तीन वर्षसम्मको हदम्याद राख्ने प्रस्ताव गरेको छ । यस्त...

यौन हिंसा उजुरीको हदम्याद संशोधन गर्न एम्नेष्टीको माग

काठमाडौं : एम्नेष्टी इन्टरनेसनलले बलात्कार तथा अन्य यौन हिंसामा विद्यमान प्रतिबन्धात्मक हदम्याद हटाउन माग गरेको छ। एम्नेष्टीले आज विज्ञप्ति जारी गर्दे नेपालको बलात्कारसम्बन्धी कानुनमा सुधार गर्न तथा यौन हिंसा पीडितलाई छिटो न्याय दिने व्यवस्था माग गर्दै यौन हिंसाविरुद्ध भइरहेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएको छ।संस्थाले बलात्कार तथा यौन हिंसा पीडितहरूले न्यायमा पहुँच प्राप्त गर्न बाधकको रूपमा रहेको विद्यमान प्रतिबन्धात्मक हदम्यादको व्यवस्था नेपालले संशोधनमार्फत तत्का

बलात्कार मामिलामा हदम्याद हटाउन क्रान्तिकारीको माग

नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी)ले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गर्दै आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइरालालाई ज्ञापनपत्र बुझाएको छ । एक सुन्दरी प्रतियोगितको आयोजकले एक युवतीलाई लगातार यौनहिंसा गरेको घटना सार्वजनिक भएपछि बलात्कार जस्ता जघन्य घटनामा हदम्याद हटाउनुपर्ने माग क्रान्तिकारीले राखेको हो । “कानुनमा संशोधन गरेर हदम्याद हटाउन माग गर्दै ‘मुलुकी ऐन, …