उदयपुर । स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका आज बेपत्ता भएका हुन् ।
त्रिनपा–१४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता हुने बालिकामा स्थानीय १३ वर्षीया विपना राई र अर्का १२ वर्षीया वीना राई रहेका छन्...