काठमा प्रतिबन्ध खुल्यो

आठ महिनादेखि जंगलका काठ ओसारपसार, संकलन तथा बिक्री वितरणमा लगाइएको प्रतिबन्ध खुला गरिएको छ । मन्त्रिपरिषद्को माघ ११ गतेको निर्णयले वैज्ञानिक वन व्यवस्थापनबाहेक अन्य वनमा लामो समयदेखि रहेका काठ संकलन गर्नका लागि बाटो खुला गरेको हो ।मन्त्रिपरिषद्को निर्णयले प्रतिबन्ध खुला गर्ने निर्णय गरेको बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी […]

सम्बन्धित सामग्री

सरकारले सालको काठमा प्रतिबन्ध लगाउँदा उपभोक्तालाई समस्या

सङ्घीय सरकारले सालको काठमा प्रतिबन्ध लगाउँदा उपभोक्तालाई समस्या पर्न थालेको छ । सरकारले सालको काठको सङ्कलन, उत्पादन र बिक्री वितरण बन्द गरेका कारण नेपाली उपभोक्ता समस्यामा पर्न थालेको हो । सरकारले जङ्गल क्षेत्रबाट हुँदै आएको सालको काठ कटान, सङ्कलन, बिक्रीवितरण र ढुवानीलगायत सबै काम बन्द गरेका कारण करोडौँ मूल्य बराबरको काठ जङ्गलमै कुहिन थालेको छ । अहिले पनि सालको काठ फुकुवा भएन भने अगामी महिनादेखि ग्राहकले सालको काठ नपाउने अवस्था सिर्जना भएको छ । हुन त वनबाट अनाधिकृतरुपमा सालको काठ कटान हुन थालेपछि वन उजा...

काठको आपूर्ति घट्दा दोब्बर महँगो

नेपाली बजारमा माग अनुसारको आपूर्ति व्यवस्थापन नहुँदा काठ दोब्बर महंगिएको छ । पछिल्लो समयमा वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियमितता भएको भन्दै काठ संकलन, ढुवानी तथा ओसारपसारमा सरकारले लगाएको प्रतिबन्धसँगै मागअनुसार आपूर्ति हुन नसक्दा महँगिएको हो । सालको काठमा प्रतिबन्ध लगाएसँगै फेरि काठ व्यवसायीहरूले भने बजारमा सालको काठको माग बढी रहेको तर साल प्रजातिमा लगाएको प्रतिबन्दका […]