भाइबर साइमनलाई नेपहपको श्रीपेचको उपाधि

काठमाडौं, १९ असार । नेपालकै पहिलो हिपहप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिबार काठमाडौस्थित सोल्टी होटेलको प्रिभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् । उपाधिका लागि भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई प्रतिष्पर्धी थिए । […]

सम्बन्धित सामग्री

‘बालेनका कारण र्यापरको इमेज राम्रो बन्यो’

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता हुन् साइमन विष्ट उर्फ भाइबर साइमन । अन्य प्रतिस्पर्धीलाई उछिन्दै विष्टले उपाधि जितेका हुन् । उपाधिसँगै उनको ‘नेपहपको श्रीपेच’ को पहिलो विजेताको परिचय बनेको छ ।विजेता भएपछि आयोजकले उनलाई उपाधिका रुपमा जुन मुकुट लगाइदिएका थिए, त्यो मुकुट विवादमा समेत पर्यो । विवादपछि आयोजकले पुरानो मुकुट फिर्ता गरेर नयाँ लगाइदिएका थिए । आफूले ठुलो संघर्ष गरेर पहिलो पटक हात परेको मुकुट (उपाधि) विवादमा पर्दा नमिठो लागेको विष्ट बताउँछन् ।

‘नेपहपको श्रीपेच’ भाइबर साइमनलाई

काठमाडौं: भाइबर साइमन(साइमन बिष्ट) हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेता घोषित भएका छन्। शनिवार भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै मोरङका उनले उपाधि हात पारेका हुन्। फिनालेमा भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए। उपाधि जितेसँगै भाइबरले नगद १० लाख रुपैयाँ पुरस्कार…