नेकपा एमालेले रुपन्देहीका सबै स्थानीय तहमा प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले रुपन्देहीका सबै स्थानीय तहका उम्मेदारहरुको नाम टुंगो लगाएको हो । जसअनुसार देवदह नगरपालिकाको प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ, तिलोत्तमा नगरपालिकाको प्रमुख मोहन चापागाईँ र उपप्रमुख जागेश्वरीदेवी चौधरी चयन भएका छन् । यसैगरी सैनामैनामा चित्रबहादुर कार्की र उपप्रमुखमा विना राना उम्मेदवार बनेका छन्। सिद्धार्थ नगरमा प्रमुखमा रामप्रसाद बस्याल र उपप्रमुखमा उमा अधि