ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ । उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ वटा दुई पाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन् । काठमाण्डौं उपत्यका लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । आज स्थानीय तहको मतदानको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो । अत्यावश्यक तथा पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन आज दिनभर नचलाउन चालकलाई ट्राफ