‘बजेट सकारात्मक छ, कार्यान्वयनमा भने आशङ्का गर्न सकिन्छ’

काठमाण्डाै – निजी क्षेत्रका व्यवसायीहरूले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेट सकारात्मक रहेको प्रारम्भिक टिप्पणी गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेट सकारात्मक ढङ्गले आएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने, निर्यात प्रवर्द्धनमा जोड दिने गरी बजेट आउनु सकारात्मक भएको उल्लेख गर्दै कार्यान्वयनकाे पाटोमा पनि विशेष ध्यान दिनुपर्ने बता...

सम्बन्धित सामग्री

निर्यातमुखी बजेट आएको छ, बजेट सकारात्मक छ : निर्यात व्यवसायी महासंघ

जेठ १८, काठमाडौं । निर्यात व्यवसायी महासंघले आर्थिक वर्ष २०७९/८० को बजेटले निर्यात क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको छ ।  ‘समृद्धिका लागि निर्यात’ भन्ने मूल नाराका साथ स्थापित भएको महासंघले मंगलवार विज्ञप्ति जारी गर्दै नेपालको अर्थतन्त्रको प्रमुख खम्बाका रूपमा रहेको आयात–निर्यात व्यवसायलाई सम्बोधन गर्ने गरी बजेट आएको जानकारी दिएको छ । महासंघका अध्यक्ष रामबहादुर गुरुङले बजेटसम्बन्धी निर्यात व्यवसायी महासंघले सरकारलाई दिएको सुझावका आधारमा आव २०७९/८० को बजेट आएकाले सकारात्मक रहेको बताए ।  बजेटले अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना गर्ने, निर्यात प्रयोजनका लागि अन्तरराष्ट्रिय मेला आयोजना गर्ने, सिमेन्ट, प्रशोधित पानी, स्टिल, फुटवेयर, क्लिङकर आदि वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान प्रदान गर्ने, निर्यातलाई भरपर्दो बनाउन नेपालस्थित प्रयोगशालालाई अन्तरराष्ट्रियस्तरको बनाउने विषय सकारात्मक भएको उनले बताए ।  महासंघले मसलाजन्य वस्तु अलैँची, अदुवा, जडीबुटी, बेसार आदि वस्तुको उत्पादन वृद्धि र प्रशोधनका लागि निजी क्षेत्रलाई सहुलियत प्रदान गर्ने, जडीबुटीको विशेषता तथा उपलब्धताको आधारमा प्रदेशस्तरमा जडीबुटी प्रशोधन केन्द्रको स्थापना गर्ने, वैदेशिक लगानी आकर्षण गर्न उद्योग स्थापनाका लागि ५० वर्षसम्म सरकारी जग्गा भाडामा दिने तथा  मासिक रू. १० करोडभन्दा बढी बिजुली खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म विद्युत् महसुलमा छूट दिने व्यवस्था राम्रो भएको जानकारी दिएको छ । यसैगरी भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी तथा बिक्रीकक्ष स्थापना गर्ने प्रबन्ध मिलाउने, वैदेशिक लगानी आकर्षित गर्न सम्भावित मुलुकहरूसँग द्विपक्षीय समझदारी एवं दोहोरो कर सम्झौता गरिने, उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको भन्सार तयारी वस्तुको भन्सार दरभन्दा एक तह कम गर्ने, नेपालको आर्थिक कूटनीतिलाई वैदेशिक लगानी, निर्यात व्यापार, पर्यटन प्रवर्द्धन, विकास सहायता परिचालन, प्रविधि हस्तान्त्तरणजस्ता क्षेत्रमा प्रभावकारी र उद्देश्यमूलक ढंगले परिचालन गर्ने विषय बजेटमा समेटिनु सुखद् भएको महासंघले जानकारी दिएको छ । बजेटले बैैंकिङ ब्याजमा सहुलियत, निर्यात भएपछि स्वतः निर्यातक कम्पनीको खातामा निर्यात अनुदान जम्मा हुने स्वचालित प्रणाली, निर्यातलाई व्यवस्थित गर्ने स्थायी संयन्त्रको व्यवस्थालगायतका विषयलाई बजेटले सम्बोधन गर्न नसकेको महासंघको भनाइ छ ।  महासंघले आव २०७९/८० को बजेट सकारात्मक भए पनि कार्यान्वयनमा भने समस्या रहेको जानकारी दिएको छ । रासस

कार्यान्वयन भए बजेट सकारात्मक

विराटनगर (अस) । संघीय सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रदेश १ का  उद्योगी व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् । समग्रमा बजेट उद्योगी व्यवसायीको हितमा रहेको उनीहरूले बताएका छन् । तर, हरेक वर्ष आउने बजेट सुन्दा राम्रो लागे पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा कतिपय योजना र कार्यक्रम कागजमै सीमित हुँदै आएको उनीहरूको गुनासो छ । उद्योगी व्यवसायीले उठाएका केही माग यस वर्षको बजेटले समेटेको छ । तर, यसको कार्यान्वयन कसरी हुन्छ त्यसमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकार राजेन्द्र राउतले समग्रमा बजेट स्वागतयोग्य रहेको बताए । ‘चालू आर्थिक वर्षको बजेट घटाएर १५ खर्ब ४६ अर्ब बनाइएको थियो । सो बजेट जेठसम्म ७० प्रतिशत हाराहारी खर्च भएको छ,’ उनले भने, ‘जति खर्च गर्न सकिन्छ त्यत्रै बजेट बनाउनु पर्छ, पछि गएर घटाउने र भएको बजेट पनि समयमा खर्च गर्न नगर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’ आन्तरिक उत्पादन वृद्धि, औद्योगिकीकरणका पूर्वाधार निर्माण, लगानीको वातावरण निर्माण एवम् सहजीकरण गर्न नीतिगत र कानूनी प्रणाली सुधार गर्ने कुरा स्वागतयोग्य रहेको उनले बताए । गुणस्तरीय प्रांगारिक मलमा रासायनिक मलकै अनुपातमा अनुदान दिने पक्ष पनि राम्रो रहेको उनले बताए । सिमेन्ट, स्टील, जुत्ता चप्पल निर्यातमा ८ प्रतिशत अनुदानले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्योगी व्यवसायीको भनाइ छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बजेट मध्यम स्तरको रहेको बताए । धेरै कार्यक्रम पुरानै भए पनि समग्रमा बजेट उद्योगीको हितमा आएको उनको भनाइ छ । कुनै उद्योगलाई मात्र दिने अनुदान भने बजेटको राम्रो पक्ष नभएको उनले बताए । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उद्योगी व्यवसायीको हितमा बजेट आएको भन्दै  कार्यान्वयनमा जोड दिए । व्यवसाय सञ्चालनका लागि सरकारी जग्गा ५० प्रतिशत छूटमा लिजमा दिने कुरा राम्रो रहेको उनले बताए । उनले पनि कार्यान्वयन बलियो हुनुपर्नेमा जोड दिए । कोभिड प्रभावित साना व्यवसायीलाई वार्षिक ३० लाखसम्मको कारोबारमा ७५ प्रतिशत र १ करोडसम्मको कारोबारमा ५० प्रतिशत आयकर छूट दिने घोषणा सकारात्मक भएको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले अहिलेको बजेटले विगतबाट सिक्न खोजेको देखिएको बताए । पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले बजेटले पर्यटन क्षेत्रमा उत्साह जगाउन नसकेको प्रतिक्रिया दिए ।

बजेट स्वागतयोग्य, कार्यान्वयनमा शंका : राष्ट्रिय व्यवसायी महासंघ

काठमाडौं (अस) । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ । महासंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बजेट सकारात्मक भएको बताएको हो । बजेट स्वागतयोग्य भए पनि कतिपय विषयको कार्यान्वयन भने जटिल देखिएको महासंघले बताएको छ । महासंघका अध्यक्षकुमार कार्कीले बजेटमा आएका केही विषय सकारात्मक रहेको भन्दै यसको कार्यान्वयनमा जोड दिए । ‘सरकारले करको दरमा गरेको फेरबदल तथा कृषिक्षेत्रको विकास र विस्तारका लागि बजेटमा समावेश गरिएका विषय एकदमै सकारात्मक छन्, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटमार्फत सरकारले पहलकदमीको शुरुआत गरेको छ,’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कृषिक्षेत्रको उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउन गरिएका प्रयास सकारात्मक र स्वागतयोग्य छन् ।’ मेडिकल शिक्षा अध्ययन गर्न विदेशी विद्यार्थी भित्त्याउने योजना तथा नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च गुणस्तीय शिक्षाको व्यवस्था गर्ने लगायतका विषय समेत सकारात्मक रहेको महासंघको भनाइ छ । विलासिताका वस्तु आयातमा कडाइ गर्नु राम्रो भए पनि अत्यावश्यक वस्तुमा कडाइ गर्न नहुने महासंघले बताएको छ । बजेटमा भएका सकारात्मक पक्षहरूलाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याइनुपर्ने भन्दै महासंघले निजीक्षेत्रका अन्य मुद्दाहरू सम्बोधन गर्न समेत सरकारसँग माग गरेको छ ।

बजेट सकारात्मक, कार्यान्वयनमा चुनौती : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले समग्रमा बजेट सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती रहेको औंल्याएको छ । आइतबार मात्रै सरकारले आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेको थियो । सो बजेटमा समीक्षा गर्दै चेम्बरले  भनेको छ ‘अर्थतन्त्रका विद्यमान समस्या, ह्रास हुँदै गएको विदेशी मुद्राको सञ्चिति र तरलता समस्याका कारण बजेटको कार्यान्वयन पक्ष अत्यन्त चुनौतीपूर्ण देखिएको छ । बजेटले लक्षित गरेको ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न र मुद्रास्फिति दर ७ प्रतिशतमा सीमित गर्न कठिन देखिन्छ ।’

बजेट सकारात्मक कार्यान्वयनमा चुनौती

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री शर्माले आगामी आवको लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुुत गरेका हुन् । उनले आइतबार प्रस्तुत गरेको बजेटका सन्दर्भमा अर्थविद् एवं उद्योगी व्यवसायीसँग कारोबारले गरेको कुराकानीको सार : बजेटले नयाँ दृष्टिकोण लिएको छविनोद चौधरीसांसद, नेपाली […]

बजेट सकारात्मक, कार्यान्वयनमा चुनौती

सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो । बजेटले कोभिड–१९ को महामारी नियन्त्रण रोकथाम तथा नियन्त्रण खोप खरिदलाई प्राथमिकतमा राखेको छ भने थलिएको उद्योग, व्यवसाय र अर्थतन्त्रलाई पुनरुत्थान गर्दै सामाजिक सुरक्षाका विषयलाई जोड दिएको छ […]

प्राथमिकता सकारात्मक: महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षका लागि शनिबार प्रस्तुत बजेट सकारात्मक रहेको जनाएको छ। बजेटका प्राथमिकताले सकारात्मक सन्देश दिएको भन्दै कार्यान्वयनमा जोड दिएको छ।...

उत्साहप्रद छैन् शिक्षामा बजेट

१६ जेठ, काठमाडौं । चालु आर्थिक वर्षकोभन्दा ७१ अर्ब ७१ करोड बढेर आएको आव ०७८/७९ को एक खर्ब ८० अर्ब चार करोड शैक्षिक क्षेत्रको बजेटमा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएको छ । कार्यान्वयनमा निश्चिन्त हुनसक्ने अवस्था समेत नहुँदा यो वर्षको शैक्षिक बजेटले आशा नजगाएको शिक्षाविद्हरुको भनाइ छ । शिक्षाविद् डा. विद्यानाथ कोइराला यो बजेट सकारात्मक […]