नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट हाल्नुअघि दुई भविष्य सम्झन्न मतदाताहरूलाई आग्रह गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत १ मिनेट ३६ सेकेन्डको भिडियो सन्देश सार्वजनिक गर्दै अध्यक्ष ओलीले प्रिय मतदाता भनेर सम्बोधन सुरु गरेका छन् । उनले मंसिर ४ मा हाल्ने भोटले नै अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने निर्क्योल हुने भन्दै सोही कारण भोट हाल्नअघि सोच्न आग्रह गरेका छन् । ‘प्रिय मतदाता, अब स्पष्ट निर्णय लिने समय आएको छ । किनकि मंसिर ४ गते तपाईँले हाल्ने भोटले अबको ५ वर्ष कस