वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

काठमाडौं : वरिष्ठ कलाकार  उत्तम नेपालीको निधन भएको छ। ८५ वर्षीय  नेपालीको मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगञ्जमा आज विहान चार बजे निधन भएको वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले जनाकारी दिए। नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुन्। नेपाली अमूर्त कलाका सिद्ध हस्त कलाकार मानिन्छन्। उनी मुटु सम्बन्धि समस्याबाट ग्रस्त थिए। नेपालीका दुई छोरी छन्।

सम्बन्धित सामग्री

कलाकार उत्तम नेपालीको निधन

काठमाडौं: कलाकार उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य) को निधन भएको छ। ८४ वर्षको उमेरमा आज उपचारका क्रममा उनको निधन भएको हो। मुटुको समस्या देखिएपछि उनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो। मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो। कलाकार नेपाली नेपालको आधुनिक अमूर्त चित्रकलाको प्रवर्तकमध्ये एक मानिन्छन्।…

रहेनन् वरिष्ठ कलाकार उत्तम नेपाली

वरिष्ठ कलाकार, प्राज्ञ उत्तम नेपालीको निधन भएको छ । नेपाली कलासाहित्य क्षेत्रका पुराना हस्ती ८५ वर्षीय नेपालीले आज बिहान महाराजगञ्जस्थित टिचिङ अस्पतालमा अन्तिम सास लिएका हुन्