काठमाडाैं : एएफसी महिला एसियन कप–२०२२ अन्तर्गत पहिलो छनोट खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ।उज्वेकिस्तानको जेएआर स्टेडियममा अग्रता जोगाउन नसक्दा नेपालले अन्तिम समयमा २–१ गोलको हार ब्यहोरेको हो। सुरुवातदेखि नै फिलिपिन्सलाई दबाबमा राखेको नेपाली टिमका लागि बिमला चौधरीले १० औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्।बिमलाले हेडमार्फत उत्कृष्ठ गोल गरेकी थिइन। तर खेलको ९० औँ मिनेटमा तहानाई एन्निसले गोल फर्काउँदै खेल बराबरी गरिन्। लगत्तै ९२ औँ मिनेटमा क्यामिली विल्सनल