पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग भएको कुल निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी देखिएको छ । कुल कर्जा र बजार पूँजीकरण पनि जीडीपीको आकारलाई टक्कर दिनेतर्फ अग्रसर भएको देखिन्छ ।
केन्द्रीय तथ्यांक विभागको आर्थिक वर्ष (आव) २०७७/७८ को प्रारम्भिक आँकडाअनुसार नेपालको जीडीपी ४२ खर्ब ६६ अर्ब छ । तर, बैंक तथा वित्तीय संस्थाहरूको चालू आवको जेठसम्ममा कुल निक्षेप संकलन ४५ खर्ब १० अर्ब पुगेको छ । जीडीपीभन्दा बैंकहरूको निक्षेप ५ दशमलव ७२ प्रतिशतले बढी भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले चालू आवको जेठसम्मको नि...