उदयुपरमा एक एमाले पोलिटब्युरो सदस्यले वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका छन्। उदयपुर-२ मा माओवादी नेता सुरेशकुमार राई वाम गठवन्धनका आधिकारिक उम्मेदवार हुन्। उनीविरुद्ध एमाले पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले उम्मेदवारी दिएका छन्। खतिवडाले भने आफूलाई नै एमालेको आधिकारिक उम्मेदवार बताए। ‘म एमालेको आधिकारिक उम्मेदवार हो, मसँग केपी ओलीले दिएको पत्र छ,’ उनले भने, ‘वाम गठबन्धनकै तर्फबाट…