काठमाडौं : कोरोना महामारीले गर्दा थला परेको रंगमञ्च बिस्तारै पुरानै लयमा फर्कने प्रयासमा छ।नेपाली नाट्य क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउन देशभरका नाट्य समूह लागिपरेका छन्। यस्तैमा पोखराको गन्धर्व नाटकघरमा 'चरणदास चोर' नामक नाटक मञ्चन हुने भएको छ।रेनेसा थिएटरको प्रस्तुति रहेको नाटक मंसिर १ देखि मञ्चन हुने भएको हो। भारतीय नाटककार, कवि तथा अभिनेता हबिब तनवीरको नाटक 'चरणदास चोर'लाई नेपालीमा अनुवाद गरेर नाटक मञ्चन गर्न लागिएको हो।आशान्त शर्माले अनुवाद गरेको