काठमाडौं, १२ बशाख । कलाकार मदनदास श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । सोमबार काठमाडौंको भृकुटीमण्डस्थित राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गरेका हुन् । केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रेष्ठलाई काठमाडौंको मेयरमा उठाउने निर्णय गरेको थियो […]
काठमाडौं : नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन्। प्रकाशमान उनै हुन् जसले शेरबहादुर देउवालाई कांग्रेस सभापतिमा निर्वाचित गर्न निर्णायक भूमिका खेलेका थिए। त्यसको गुन तिर्न सभापति देउवाले प्रकाशमान पत्नी सिर्जनालाई काठमाडौंको मेयरमा टिकट दिएको भन्दै इतर समूह रुष्ट छ। उनले आज दिउँसो शान्तिबाटिकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं नेताले जानकारी दिएका छन्।
काठमाडौं, ११ वैशाख । र्यापर बालेन शाहले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । शाहले आइतबार निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं’ भन्ने नारासहित समर्थकहरुकाबीच पुगेका बालेनले मेयरमा उम्मेदवारी दिएका हुन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय सभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले पहिलो उम्मेदवारी दर्ता गराउनु भएको छ । जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले […]
११ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् । उनले राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् । ३७ वर्षीय जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । जोशी काठमाडौं महानगरपालिका-१९ […]