मधेशमा किसानका विभिन्न माग अघि सारेर आन्दोलन गरिरहेको जनमत पार्टीको प्रमुख निशानामा जनता समाजवादी पार्टी (जसपा) देखिएको छ ।
स्थानीय तहदेखि प्रदेश हुँदै संघीय सरकारमा समेत सहभागी जसपामाथि निशाना साँधेर जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा आन्दोलन चर्काइरहेको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउत त्यसलाई स्वाभाविक बताउँछन् । ‘हामीले जानाजान जसपाका नेता वा उक्त पार्टीको विरोध गरेको होइन, माग सम्बोधन गर्नुपर्ने सरकारमा जसपा नै भएका कारण त्यसो देखिएको हो,’ राउतले लोकान्तरसँग भने, ‘मध...