काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तारुढ दलका विद्यार्थीलाई प्रहरीले धरपकड गरेको छ। राजीनामा माग्दै राष्ट्र बैंकको कार्यालय अगाडि पुगेका नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले गरेको संयुक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो। प्रदर्शनको क्रममा प्रहरीले पाँच विद्यार्थीलाई पक्राउ गरेको छ भने एकजना घाइते भएका छन्।