चितवनका व्यवसायीले मागे घरभाडामा २० प्रतिशत छूट, नदिने अडानमा घरधनी

चितवन । आर्थिक मन्दीका कारण चितवनका व्यवसायीहरूलाई पछिल्लो समय घरभाडा समेत तिर्न धौधौ परेको छ ।  आर्थिक मन्दीले बैंकको ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको उनीहरूको गुनासो छ । विशेषगरी चितवनको मुख्य बजार क्षेत्र नारायणगढका व्यवसायीहरू थप मर्कामा परेका छन् ।   लामो समयदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत पुलचोक–गोन्द्राङ सडक विस्तारका कारण पनि व्यवसायमा धक्का परेको उनीहरूको भनाइ छ ।  उनीहरूले शुक्रवार नारायणगढमा पत्रकार सम्मेलन गरी नारायणगढ बजार क्षेत्रका व्यापारीले मुख्य राजमार्ग क्षेत्रका सटरहरूमा पूरै र अन्य क्षेत्रका व्यापारीका लागि २० प्रतिशत भाडा घटाइदिन घरधनीसँग माग गरेका हुन्  । व्यवसायीले आफूले बुझाउँदै आएको भाडामा २० प्रतिशत रकम घटाएर बुझाउन आग्रह गरेको छ ।  नेपाल घरबहाल उपभोक्ता मञ्च, चितवनको नेतृत्वमा चितवनका अधिकांश व्यावसायिक संघसंस्थाले पुलचोक–गोन्द्राङ सडकखण्डमा पर्ने व्यापारीका लागि पूर्ण छूट गराइदिन माग गरेका हुन् । आर्थिक मन्दीको असर रहुञ्जेल र व्यवसाय पूर्ववत् अवस्थामा नफर्किएसम्म घटाइएको भाडा नबढाउन मञ्चले माग गरेको छ । पुलचोक–गोन्द्राङ सडकमा पर्ने व्यावसायिक सटरहरूको हकमा भने राम्रोसँग सञ्चालन नभएसम्मका लागि पूर्ण छूट गराइदिन माग गरिएको मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीले बताए । त्यसबाहेक हालसम्म व्यापारीले नै बुझाउँदै आएको घरबहाल कर पनि स्वयम् घरधनीलाई तिराइदिन माग गरिएको अध्यक्ष पराजुलीले बताए । ‘घरबहाल कर स्वयम् घरधनीले नै तिर्नुपर्ने वातावरणका लागि स्थानीय तहले पहल गरिदिन हाम्रो माग हो,’ उनले भने ।  चर्को घरभाडा, बैंकको व्याजदर पनि उस्तै चर्को र राज्यले प्राप्त गर्ने व्यवसाय करका कारण सबै खालका व्यवसायी पलायन हुने अवस्थामा आइपुगेको भन्दै व्यवसायीलाई जोगाउनका लागि राज्यको नियमनकारी निकायबाट पनि विशेष पहल हुनुपर्ने मञ्चको भनाइ  छ । ‘अहिलेको अवस्थामा सामान्यरूपमा दैनिक खर्च धान्न पनि मुस्किल परेको छ,’ मञ्चका अध्यक्ष पराजुलीले भने, ‘यस्तो अवस्थामा राज्यको नियमनकारी निकायले ध्यान नदिने हो भने आगामी दिनमा राज्यले उठाउने कर प्रतिकूल बन्न पनि सक्छ ।’ मञ्चका अनुसार चितवनमा करिब ८० देखि ९० प्रतिशत व्यवसाय भाडामा सञ्चालित छन् । व्यवसायी चरम आर्थिक सङ्कटमा परेपछि नेपाल घरबहाल उपभोक्ता मञ्चको नेतृत्वमा विभिन्न व्यावसायिक संघसंस्थाकाृ बैठकले उक्त निर्णय गरेको हो ।  मञ्चले अघि सारेको निर्णयप्रति फेन्सी, होटल, विद्युत्, कपडा, फलफूल तथा तरकारी, इलेक्ट्रोनिक्स, सुनचाँदी, कम्प्युटर एसोसिएसन, मेसिनरी, औषधि, अधिकृत, कपडा सिलाइ, निर्माण सामग्री (हार्डवेयर), मदिरा तथा प्रोभिजनल, किराना, प्लास्टिक, अटोमोबाइल एसोसिएसन, नेपाल पशुपक्षीलगायतका विभिन्न व्यावसायिक संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् । तर, घरधनीहरूले आफूहरूले पनि कर्जा लिएर घर भवन बनाएर भाडामा दिएको भन्दै छूट दिन नसक्ने र हरेक बर्ष १० प्रतिशत बढाउँदै आएको भाडादर कायम गर्ने अडान राख्दै आएका छन् । चितवनमा करिब एक हजार ३०० को हाराहारीमा बहालवाला व्यवसायी नेपाल घरबहाल उपभोक्ता मञ्चमा आबद्ध छन् । मञ्चका अध्यक्ष पराजुलीका अनुसार पुलचोकदेखि लायन्सचोकसम्मको मुख्य राजमार्गमा प्रतिसटर कम्तीमा २५ हजारदेखि ९० हजार रुपैयाँसम्म भाडा बुझाउने व्यवसायी छन् ।

सम्बन्धित सामग्री

ठमेल सरसफाइमा जुटे व्यवसायी र घरधनी

राजधानी काठमाडौंको प्रमुख पर्यटकीयस्थल ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन पर्यटन व्यवसायी तथा घरधनी सरसफाइ अभियानमा जुटेका छन् । ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले ठमेल सफाइ गरेका हुन् । ‘हाम्रो ठमेल सफा ठमेल’ भन्ने नाराका साथ आज बिहान ७ देखि ८ बजेसम्म बृहत् ठमेल सरसफाइ कार्यक्रमको …

ठमेल सरसफाइमा जुटे व्यवसायी र घरधनी

काठमाडौं : पर्यटकीयस्थल ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन पर्यटन व्यवसायी तथा घरधनी सरसफाइ अभियानमा जुटेका छन्।ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले ठमेल सफाइ गरेका हुन्।‘हाम्रो ठमेल सफा ठमेल’ भन्ने नाराका साथ आज बिहान ७ देखि ८ बजेसम्म बृहत् ठमेल सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो।अभियानअन्तर्गत ठमेल क्षेत्रका सडक तथा सडकगल्लीमा सरसफाइ गरिएको थियो।सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियानअन्तर्गत सरसफाइ कार्यक्

घरधनी र भाडामा बस्नेबीच सम्झौता गर्नुपर्ने कार्यविधि बनाउँदै काठमाडौँ महानगर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले घरधनी र भाडामा बस्नेबीच अनिवार्य रुपमा सम्झौता गर्नुपर्ने गरी कार्यविधि बनाउने प्रक्रिया अगाडि बढाएको छ। यसैबीच काठमाडौँ महानगरपालिकाको राजश्व परामर्श समितिले ‘वहाल व्यवस्था कार्यविधि’को मस्यौदा विधायन समितिमा पठाएको छ। महानगरकी उपप्रमुख एवं राजश्व परामर्श समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षता बुधबार बसेको बैठकले कार्यविधि विधायन समितिमा ‍पठाउने निर्णय गरेको हो। महानगरपालिकाभित्र बस्ने […]

डोजर आएपछि घरधनी आंफैले हटाउन थाले अनधिकृत संरचना (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले मित्रनगर क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैंले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेका छन् ।...

डोजर चल्ने डरले अनधिकृत संरचना आफैँ हटाउँदै घरधनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजुस्थित गोङ्गबु बसपार्क क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैँले त्यस्ता संरचनाहरू भत्काउन सुरु गरेका छन् । डोजर लगाउँदा थप क्षति हुने भन्दै घरधनीहरूले कवाडी सामग्री सङ्कलन गर्ने व्यक्तिहरू मार्फत संरचनाहरू भत्काउन थालेका हुन् । भत्काइका संरचना लैजान दिने शर्तमा उनीहरूले फुटपाथ मिचेर बनाइएका होर्डिङ बोर्ड, पाली […]

घरमा डोजर चल्ने डरले अनधिकृत संरचना आफैं हटाउँदै घरधनी

२० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित गोंगबु बसपार्क क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैंले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेका छन् । डोजर लगाउँदा थप क्षति हुने भन्दै घरधनीहरुले कवाडी सामग्री संकलन गर्ने व्यक्तिहरु मार्फत संरचनाहरु भत्काउन थालेका हुन् । भत्काइका संरचना लैजान दिने शर्तमा उनीहरुले फुटपाथ मिचेर बनाइएका होर्डिङ […]

काठमाण्डौमा बालेनको ‘एक्सन’ : घरधनी र व्यापारी आक्रोशित, अरु नागरिक उत्साहित

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको पछिल्लो ‘एक्सन’ले घरधनी र व्यापारी झस्किएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता प्रायः मौन छन् भने अरु धेरै नागरिक मेयर शाहले राम्रो काम गरेको भन्दै उत्साहित भएका छन् । हातमा सम्बन्धित घरको नक्सा र महानगरको ३५ दिने सूचना बोकेर मेयर शाह दिनहुँ डोजर लिएर आफैँ मैदानमा उत्रनुभएको छ । इञ्जिनियरिङ विषयमा जानकारसमेत भएकाले उहाँलाई नक्सा विपरीत बनेको संरचना पत्ता लगाउन र उतिखेरै ‘एक्सन’मा उत्रन सजिलो भएको छ ।  अवैध संरचना भत्काउनुअघि म...

प्रवीण बास्तोला मृत्यु प्रकरण : घरधनी गिरी पक्राउ

मोरङ उर्लाबारीका प्रविण बाँस्तोलाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई उर्लाबारीबाट पक्राउ गरेको हो। मृत्यु भएको रात उर्लाबारी नगरपालिका–६ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेको प्रहरीले जनाएको छ। उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी... The post प्रवीण बास्तोला मृत्यु प्रकरण : घरधनी गिरी पक्राउ appeared first on Purbeli News.

प्रविन बाँस्तोला हत्या प्रकरण: घरधनी रमेश गिरी पक्राउ

काठमाडौं । मोरङको उर्लाबारीका प्रविन बाँस्तोला हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको हो । हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेका थिए ।उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले रातोपाटीलाई बताए । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रविन विहान अचेत अवस्थामा भे