काठमाण्डौमा बालेनको ‘एक्सन’ : घरधनी र व्यापारी आक्रोशित, अरु नागरिक उत्साहित

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको पछिल्लो ‘एक्सन’ले घरधनी र व्यापारी झस्किएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता प्रायः मौन छन् भने अरु धेरै नागरिक मेयर शाहले राम्रो काम गरेको भन्दै उत्साहित भएका छन् । हातमा सम्बन्धित घरको नक्सा र महानगरको ३५ दिने सूचना बोकेर मेयर शाह दिनहुँ डोजर लिएर आफैँ मैदानमा उत्रनुभएको छ । इञ्जिनियरिङ विषयमा जानकारसमेत भएकाले उहाँलाई नक्सा विपरीत बनेको संरचना पत्ता लगाउन र उतिखेरै ‘एक्सन’मा उत्रन सजिलो भएको छ ।  अवैध संरचना भत्काउनुअघि म...

सम्बन्धित सामग्री

घरधनी र व्यापारी आन्दोलित - NepaliPatra

हेटौँडा । हेटौँडास्थित सडक डिभिजन कार्यालयले गत असार १० गते हेटौँडा उपमहानगरपालिकाको राप्तीरोडदेखि बुद्धचोक र चौकीटोलदेखि रातमाटेसम्म सडकको बीचबाट २५ मिटर दायाँबायाँ अतिक्रमण भएको भनी घरजग्गा हटाएर खाली गर्न ३५ दिने सूचना टाँस गरेपछि स्थानीय घरधनी तथा व्यापारी आन्दोलित भएका छन् । उक्त कार्यालयले बारा जिल्लाको पथलैयादेखि हेटौँडासम्म र हेटौँडादेखि नारायणगढसम्मको सडक चौडा र बिस्तार […]

रानी किमाथांका सडक : इटहरीमा सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउन शुरू

सुनसरी । रानीदेखि किमाथांकासम्म जोड्ने ६ लेन सडक अन्तर्गत इटहरी क्षेत्रमा सडक मापदण्डभित्र पर्ने भौतिक संरचना इटहरी उपमहानगरपालिकाले भत्काउन थालेको छ । उपमहानगरपालिकाले इटहरीको विराटनगर रोडमा सडक मापदण्डभित्र पर्ने घरटहरामा डोजर लगाएर भत्काउन शुरू गरेको हो । उपमहानगरपालिकाले विराटनगर लाइनमा रहेको सरोज चौधरीले बनाएको एकतले पक्की घर भत्काउँदै निर्माणस्थल खाली गर्ने काम शुरू गरेको छ । सडक मापदण्डभित्र पर्ने भौतिक संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि घरधनी तथा व्यापारी व्यवसायीले अटेर गर्दै आएपछि डोजर चलाउन थालिएको हो । डोजर चल्न थालेपछि केही समय विवाद भएको थियो । रानी–विराटनगर–किमाथांका ६ लेन राजमार्गअन्तर्गत सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने अभियान अन्तर्गत डोजर चलाउन थालिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए । इटहरी क्षेत्रमा ६ लेन सडक निर्माणले पूर्णता पाउन सकेको थिएन । सडक आसपासका संरचना हटाइँदा आवागमन सहज हुनुका साथै नगरको सुन्दरता समेत बढ्ने स्थानीयको भनाइ छ । इटहरीका राजनीतिक दल, प्रहरी प्रशासन लगायत सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घरटहरा हटाउने निर्णय गरिएको थियो । सडक परियोजनाअन्तर्गत ५५ फुट कायम हुनेगरी विस्तार गरिँदै छ । यता, धरान क्षेत्रमा उक्त सडक बजारबाट विस्तार गर्ने कि बाईपास गर्ने भन्ने विषय अन्योलमै छ । बजार क्षेत्रका स्थानीयले बजारको बीचबाट सडक विस्तार गर्दा भौतिक संरचनामा ठूलो क्षति हुने भन्दै विरोध गरिरहेका छन् भने व्यापारी व्यवसायीले भने बाईपास गर्दा व्यावसायिक गतिविधि घट्ने चिन्ता व्यक्त गरेका छन् । आयोजनाले पटक पटक पत्राचार गर्दै निर्माणस्थल खाली गरिदिन आग्रह गरेकाले धरान उपमहानगरपालिकाले निर्णय लिनुपर्ने अवस्था छ । केही दिनअघि उपमहानगरपालिका परिसरमा स्थानीयवासीसँग यसबारे सर्वपक्षीय छलफल भएको थियो । स्थानीयले बाईपास गर्नुपर्ने र घरजग्गा रोक्का फुकुवा गर्नुपर्ने माग राखेका थिए । यद्यपि धरान उपमहानगरले अझै पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन । गत आइतवार भएको धरान उपमहानगरपालिकाको बाह्रौं नगरसभामा प्रमुख हर्कराज राईले भने बाईपास गर्नुपर्ने धारणा राखे । नगरसभामा वडा नं १२ का सदस्य तथा स्थानीय जग्गाधनी समेत रहेका ब्रह्मज्ञ भट्टराईले बाईपास गर्नुपर्ने माग राखेपछि मेयर राईले बाईपास गरिनुपर्ने बताएका हुन् ।

यायावरहरू कोटडाँडामा

बिहानको ७ बजेको थियो । म लगनखेल बसपार्कको छेउमा उभिएकी थिएँ । पूर्वमा उदाएको सूर्यको किरण किशोरवयमा प्रवेश गरिसकेको थियो । नगर सफा गर्ने कुचीकारले फोहोर सोहोरिरहेका थिए । ठाउँ–ठाउँमा प्लास्टिक र अन्य फोहोर सोहोरेर थुप्रो थुप्रो बनाएका थिए । हिजो बेलुकाको फोहोर होला, यो मनमनै अनुमान गरेँ । यिनीहरूले यति दुःख गरी गरी सफा गर्छन् । एकछिनपछि घरधनी, सडक व्यापारी र फुटपाथे पैदलयात्रीले फोहोर फाल्दै सडक विरूप पार्छन् । यस्तो अवस्थामा सहर कसरी सफा हुन्छ र ? सहर सफा हुन त जसले फोहोर निकाल्छ, उसले नै आफ्नो फो

घरधनी र सटरका व्यापारी अघि सारेर फुटपाथ खाली गराउँदै महानगर

नगर प्रहरीले मात्रै सामान खोस्दा अभियान सफल नहुने भएपछि काठमाडौं महानगरपालिकाले योजना बनाएर आफू पछाडि बस्ने र सटरमा व्यापार गर्ने व्यापारी र घरधनीलाई अघि सार्ने रणनीति तय गरेको हो ।

घरधनी सांसदलाई समेत घरभाडा

काठमाडौं । राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका छन् । यस्तो सुविधा लिनेमा उद्योगी, व्यापारी र दलका चर्चित नेता छन् ।    मन्त्रीक्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिसम्मले ...