काठमाण्डाै - युरो कप फुटबल अन्तर्गत गएरातिको खेलमा जर्मनीले पोर्चुगललाई हराएको छ । म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ गोलले हरायो । जर्मनीको जितमा दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती उपहार दिएका थिए ।
खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोको युरो कपमा १२ र कुल अन्तर्राष्ट्रिय गोल सङ्ख्या एक सय १२ पुगेको छ । तर ३५ औं मिनेटमा पोर्चुगलकै रुविन डायसले र ३९ औं मिनेटमा राफेल गुएर्रेइओले आत्मघाती गोल गर्दा जर्मनीले पहिलो हाफमा २&ndash...