काठमाडौँ– नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले किसान क्रेडिट कार्डको व्यवस्था गरी न्यूनतम मापदण्डका आधारमा कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ। महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी कृषि तथा पशुपक्षी पालन उद्यमस्थलमा आवश्यकताअनुसार विद्युत् तत्काल उपलब्ध गराउनुपर्ने, बाख्रालाई खोरेत र पिपीआर पूर्ण खोपको सुनिश्चितता गरिनुपर्ने, कृषि श्रमिकको अभिलेखीकरण, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहनभक्ता, दुर्घटना […]