सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एकीकृत कारोबार सुरु भएको छ । सोमबार कम्पनीको प्रधान कार्यालयमा विशेष पूजा तथा कार्यक्रम गरिएको हो । सञ्चालक समितिको पहिलो बैठकले दुवै कम्पनीहरुको तर्फबाट तीन÷तीन जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ । साबिक सगरमाथा इन्स्योरेन्सका तर्फबाट अजिथ आर. गुणवद्र्धने, सिद्धार्थ मणी राजभण्डारी, […]
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरपछिको शेयर १०० अनुपात ८० हुने गरी स्वाप रेसियो कायम हुने भएको छ । बिहीबार सम्पन्न लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १८औं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर सम्बन्धमा भएका सहमति, सम्झौता र कम्पनी मर्जरपछिको अवस्थाका बारेमा शेयरधनीलाई बिस्तृत रुपमा जानकारी दिए […]
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले स्थापनाको २७ वर्ष प्रवेशको पूर्वसन्ध्यामा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले स्थापनाको पूर्वसन्ध्यामा सेयरधनी, व्यवस्थापक र कर्मचारीलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा कम्पनीले संस्थामा लामो समयदेखि काम गरेका कर्मचारी, व्यवस्थापक र सेयरधनीलाई सम्मान गरेको हो । लुम्बिनी जनरल इन्स्योरेन्ससँग मर्जरका लागि अन्तिम हस्ताक्षर गरिसकेको सगरमाथा जनरल […]
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवार रहेको छ । यी दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरेसँगै भोलि बिहीवार अर्थात माघ २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग क्याटरिङ्ग कालिका स्थान डिल्लीबजार काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी कम्पनीले दिएको हो । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलई १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ ।सभा लैनचौर ब्याक्वेट लैनचौर काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ । साथै यी दुबै कम्पनीको साधारण सभाले लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभिने प्रस्तावलाई पनि पारित गर्नेछ ।
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।सम्झौतापत्रमा सगरमाथाको तर्फबाट लोकमान्य गोल्छा र लुम्बिनीका तर्फबाट अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुवै कम्पनी एक आपसमा गाभ्ने गाभिने विषयमा सहमति भएको हो । यी दुई कम्पनीबीचको मर्जर पछि बिमा समितिले तोकेको न्युनतम पुँजी सजिलै पुग्नेछ ।हाल सगरमाथाको […]
३० असार, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर हुने भएको छ । ३० असार आज दुई कम्पनीब बीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सगरमाथा इनस्योरेन्सको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जर सम्झौतासँगै नेप्सेमा […]
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज हुने भएका छन् । यी दुई कम्पनीबीच बुधबार मर्जर सम्झौता भएको हो । उक्त सहमति पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई कम्पनीले मर्जर सम्झौता गरेसंगै नेप्सेमा दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने छ ।बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न छ।