लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरपछिको शेयर १०० अनुपात ८० हुने गरी स्वाप रेसियो कायम हुने भएको छ । बिहीबार सम्पन्न लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १८औं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर सम्बन्धमा भएका सहमति, सम्झौता र कम्पनी मर्जरपछिको अवस्थाका बारेमा शेयरधनीलाई बिस्तृत रुपमा जानकारी दिए […]

सम्बन्धित सामग्री

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार सुरु

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जरपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकिकृत कारोवार शुरु भएको छ । कम्पनीले सञ्चालक समितिको गठन समेत टुङ्गो लगाएको छ । मंगलबार बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको बताएको छ । बैठकले सगरमाथा इन्स्योरेन्सका […]

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एकीकृत कारोबार सुरु भएको छ । सोमबार कम्पनीको प्रधान कार्यालयमा विशेष पूजा तथा कार्यक्रम गरिएको हो । सञ्चालक समितिको पहिलो बैठकले दुवै कम्पनीहरुको तर्फबाट तीन÷तीन जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ । साबिक सगरमाथा इन्स्योरेन्सका तर्फबाट अजिथ आर. गुणवद्र्धने, सिद्धार्थ मणी राजभण्डारी, […]

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले फागुन २९ गतेबाट एकिकृत कारोबार शुरु गर्ने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भएर फागुन २९ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १६ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते र धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति पाएसँगै एकिकृत कारोबार शुरु गर्न लागेका हुन । दुवै कम्पनीको फागुन ११ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ ।   दुवै एक भएपछि अब सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । मर्ज पछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने का.म.पा वडा–१ नक्सालमा रहने कम्पनीले जानकारी दिएको छ । सगरमाथा र लुम्बिनी  जनरल इन्स्योरेन्स१००ः८०  शेयर अनुपातमा मर्जमा जाने निर्णय गरेका हुन ।

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स गाभिने प्रस्ताव पारित

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गरेको छुट्टाछुट्टै साधारणसभाले

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको साधारण सभा बिहीवार हुँदै

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा भोलि बिहीवार हुँदै छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीले बिहीवार साधारण सभा आयोजना गरेका हुन् ।  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १८औं वार्षिक साधारण सभा अमृतभोग क्याटरिङ कालिका स्थान डिल्ली बजार, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले यस कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।  त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले लुम्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जरसम्बन्धी प्रस्तावहरू पारित गर्नेछ । कम्पनीमा संस्थापक शेयरधनी समूहअन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पीएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमतिबमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१ प्रतिशत शेयरमध्ये २० प्रतिशत शेयर समानुपातिक रूपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्जरको अन्तिम सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक–आपसमा गाभ्ने तथा

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जरको प्रारम्भिक सम्झौता

३० असार, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर हुने भएको छ । ३० असार आज दुई कम्पनीब बीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सगरमाथा इनस्योरेन्सको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जर सम्झौतासँगै नेप्सेमा […]

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज हुने भएका छन् । यी दुई कम्पनीबीच बुधबार मर्जर सम्झौता भएको हो ।  उक्त सहमति पत्रमा  सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई कम्पनीले मर्जर सम्झौता गरेसंगै नेप्सेमा दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने छ ।बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ।