पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)

काठमाडौं : इन्डियन आइडल–१२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत तिम्रो हाम्रो भेट कहिले हुने हो? सार्वजनिक भएको छ। गीतकार आनन्द अधिकारीको शब्द रचना र म्युजिक डाइरेक्टर शिखर सन्तोषको संगीत रहेको गीतलाई म्युजिक नेपालको  युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ। कलाकारहरु आकाश श्रेष्ठ र मल्लिका महतको अभिनय रहेको भिडियोलाई निर्देशक भुषण दाहालले निर्देशन गरेका हुन्। डोरबहादुर कटुवाल

सम्बन्धित सामग्री

पवनदीपको स्वरमा ‘तिम्रो हाम्रो भेट कहिले हुने हो' सार्वजनिक

काठमाडौं : भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजनको नेपाली गीत बजारमा आएको छ। पवनको स्वरमा ‘तिम्रो हाम्रो भेट कहिले हुने हो' बोलको पहिलो सोलो गीत सार्वजनिक भएको हो। आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा म्युजिक निर्देशक शिखर सन्तोषले संगीत भरेका छन्। कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज…

पवनदीपको पहिलो सोलो नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो’ सार्वजनिक

घामले लाली छरेर गइगयो बार्दलीमा कुरेको देखेर जूनले चाँदी लिपेर गइगयो देउरालीमा पर्खेको देखेर तिम्रो हाम्रो भेट कहिले हुने हो यो मुटुमा दिनरातै बसेर घाम पनि गयो नौडाँडा काटेर जून पनि गयो नौडाँडा काटेर वरै नौडाँडा काटेर माथिका पंक्ति गीतकार आनन्द अधिकारीको नयाँ गीतका हुन् । शिखर सन्तोषले संगीत भरेका यी शब्दलाई गायन रियालिटी शो […]

एकनारायणको तातो साट्ने पछ्यौरी

नेपाली गीत संगीतिका क्षेत्रमा चर्चित नाम हो – एकनारायण भण्डारी । उनी कहिले लोक गीत लेखेर चर्चामा आए । कहिले सुगम संगीत लेखेर आधुनिक गीतका स्रोताका प्रिय लेखक भए । कहिले तिनै गीतमा संगीत गरेर नेपाली सुगम संगीतका क्षेत्रमा अब्बल सर्जकका रुपमा आफूलाई उभ्याउन प्रयासरत रहें ।

गायक प्रराज पौडेलको ‘कहिले तिम्रो आँखा’ बोलको गीत सार्वजनिक (भिडियो)

गायक प्रराज पौडेलको नयाँ गीत 'कहिले तिम्रो आँखा' सार्वजनिक भएको छ। पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय साहित्यकार तथा गीतकार अम्बिका गुरुङको शब्द रहेको रोमान्टिक गीत 'कहिले तिम्रो आँखाले' को म्युजिक भिडियो अहिले सार्वजनिक भएको हो। गुरुङले आफ्नै गीति एल्बम 'भावसागर’को शीर्षकबाट भावसागर ईन्टरटेन्मेन्ट एलएलसी च्यानलबाट सो गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन्।…