संसदीय समितिमा सदस्यको हेरफेरः रामकुमारी झाँक्री अर्थ र किसान श्रेष्ठ राज्य व्यवस्थामा

काठमााडैं । प्रतिनिधिसभाअन्तर्गत रहेको संसदीय समितिमा सदस्यको हेरफेर भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराएका हुन् । जसअनुसार पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्री अर्थ समितिमा, पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन् । […]

सम्बन्धित सामग्री

यी हुन् एकीकृत समाजवादीका उम्मेदवार

काठमाण्डाै - सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभामा १९ सिट पाउने सहमति भएको छ । सहमतिअनुसार १९ सिटमै पार्टीले उम्मेदवार टुङ्गो लगाएको छ । इलाम १ – झलनाथ खनाल उदयपुर २ – जगन्नाथ खतिवडा रौतहट १ – माधवकुमार नेपाल बारा ४ – कृष्णकुमार (किसान) श्रेष्ठ काठमाण्डौ ८ – जीवनराम श्रेष्ठ ललितपुर २ – कृष्णलाल महर्जन धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे मकवानपुर २ – विरोध खतिवडा कास्की २ – श्रीनाथ बराल गुल्मी २ – रामकुमारी झाँक्री पाल्पा...

के गर्लान् एसका चार पूर्वमन्त्री ?

मन्त्रीबाट अपमानजनक तरिकाले हटाइएको भन्दै एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री, स्थायी कमिटी सदस्य विरोध खतिवडा, पोलिटब्युरो सदस्य प्रेम आले र केन्द्रीय सदस्य किसान श्रेष्ठ पार्टी नेतृत्वसँग असन्तुष्ट छन् । चारै जना पार्टीको नियमित काममा फर्केका छैनन् ।

बिदा भए किसान श्रेष्ठ

श्रम मन्त्री किसान श्रेष्ठ पनि पत्रकार सम्मेलन गरेर मन्त्रालयबाट बिदा भएका छन् । पर्यटन मन्त्री प्रेम आले र शहरी विकास मन्त्री रामकुमारी झाँक्री हिजै पत्रकार सम्मेलन गरेर बिदा भएका थिए ।

मन्त्री फिर्ताबारे एकीकृत समाजवादी : कमजोरी लुकाउन दोष देउवालाई !

गत भदौ २ गते नेकपा एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । संसदको दोस्रो ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी सरकारमा गयो ।एमाले विभाजनका बेला माधव नेपाललाई दरो साथ दिएका रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, बिरोध खतिवडा लगायत सरकारमा गए । नेकपामा भएको अन्तरसंघर्षमै साथ दिएका कतिपयले अन्तिम समयमा नेपाललाई साथ दिएनन् तर ओलीका खास भनिएका प्रेम आले, किसन श्रेष्ठ लगायतले साथ दिँदा नेकपा

मन्त्री फिर्ताबारे एकीकृत समाजवादी: कमजोरी लुकाउन दोष देउवालाई !

काठमाडौं– गत भदौ २ गते नेकपा एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी सरकारमा गयो । एमाले विभाजका बेला माधव नेपाललाई दरो साथ दिएका रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, बिरोध खतिवडा लगायत सरकारमा […]

एकीकृत समाजवादीका चार मन्त्रीको पद थमौती

२३ जेठ, काठमाडौं । मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार विहान भएको छलफलमा बजेटमाथि संसदमा छलफल भइरहेका बेला मन्त्री हेरफेर नगर्ने सहमति जुटेको थियो । त्यसलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री […]

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको शपथ आज

काठमाण्डाै - एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने तयारी भएको छ । पार्टीमा भागबन्डा मिलाउनको लागि एकीकृत समाजवादीले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र  भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ । अब राज्यमन्त्री खापुङलाई स्वा...

एकीकृत समाजवादीका मन्त्रीले एमसीसीको पक्षमा, सांसदहरुले विपक्षमा मतदान गर्ने

काठमाडौँ – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू एमसीसीको पक्षमा उभिँदा नेताहरू भने विपक्षमा देखिएका छन्। नेकपा एसबाट सरकारमा सहभागी भएका मन्त्रीहरू एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा छन् । शीर्ष नेताहरू एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारेका छन् । नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरू किसान श्रेष्ठ, रामकुमारी झाँक्री र प्रेमबहादुर आले एमसीसीको पक्षमा […]

प्रधानमन्त्रीलाई बुझायो नेकपा (एस) ले मन्त्रीको नामावली

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाइ बुझाएको छ। समाजवादीले विरोध खतिवडा, रामकुमारी झाँक्री,प्रेम आले, किसान श्रेष्ठ र भवानी खापुङको नाम शुक्रबार प्रधानमन्त्रीलई बुझाएको हो । प्रधानमन्त्री सचिवालय स्रोतले दिएको जानकारी अनुसार खतिवडा, झाँक्री, आले र श्रेष्ठ मन्त्री हुन् भने खापुङ राज्यमन्त्रीका लागि सिफारिस भएका हुन् ।

यी हुन् एकीकृत समाजवादीबाट मन्त्रीका दाबेदार

एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सहमति भएको दाबी स्रोतको छ । हालसम्म मन्त्रीका रूपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा. खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु अग्रपंक्तिमा छन् । यीमध्ये एक जना