अमेरिकाले नेपाललाई झन्डै ८० अर्ब रुपैयाँ अनुदान सहायता दिने, ५ वर्षमा खर्च भइसक्ने

काठमाण्डाै – नेपाल सरकार र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बीच झन्डै ८० अर्ब रुपैयाँको अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएकाे छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सह–सचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र यूएसएआईडीका नेपाल मिसन निर्देशक सेपिदेह किवंसदले हस्ताक्षर गर्नुभएको छ ।  सम्झौताअनुसार यूएसएआईडीले पाँच वर्षमा ६ सय ५९ मिलियन डलर अर्थात् झन्डै ७९ अर्ब ७१ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराउनेछ । नेपाललाई मध्यम आय भएको देश बनाउनका लागि दिगो विकास...

सम्बन्धित सामग्री

यूएसएआईडीले जीटूजी सहायतालाई निरन्तरता दिने

काठमाडौं । अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावर स्वदेश फर्केकी छन् । उच्चस्तरीय भेटघाट सकेर बुधवार फिर्ता हुनुअघि उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेकी थिइन् । भेटमा उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को कार्यान्वयनमा जोड दिइन् । पावर र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेबीच पनि बुधवारै शिष्टाचार भेट भएको छ । उक्त अवसरमा मन्त्री पौडेलले गतवर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५औं वार्षिकी मनाइएको स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गरे । नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्राममा हस्ताक्षर गरेपछि पहिलोपटक अमेरिकाबाट सहायता प्राप्त गरेको र त्यसयता दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको प्रमाण यूएसएआईडीमार्फत विस्तार भएको जीटूजी सहयोग भएको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले विकसित देशहरूले अपनाएको कसिलो मौद्रिक नीतिले नेपालजस्ता कमविकसित देशको अर्थतन्त्र सुधारको गतिलाई सुस्त बनाएको र यसमाथि विश्वको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनले अरू बोझ थपेको धारणा व्यक्त गरे । नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सीधै सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको प्रशंसा गर्दै पौडेलले नेपालले सन् २०२२ मेमा यूएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी ५ वर्षमा कुल अमेरिकी डलर ६५९ मिलियन बराबरको अनुदान सहायता देशको बजेट प्रणालीमार्फत उपयोग गर्ने बताए । यूएसएआईडी प्रशासक पावरले नेपालमात्र जीटूजी सहायता प्राप्त गर्ने देश भएको जानकारी दिइन् । अर्थमन्त्री पौडेलले २०७२ सालमा नयाँ संविधान जारी भएसँगै मुलुक जनताको मौलिक हकको प्रत्याभूति गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना लिएर विकासको पथमा अघि बढिरहेको बताए । उनले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको जीवन पद्धतिसँग आबद्ध गर्न सफल भएको तथा भर्खरै तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको जानकारी गराए । सामन्थाले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै एमसीसी कार्यान्वयनमा जोड दिएकी छन् । उक्त अवसरमा सहायताका अतिरिक्त वैदेशिक निजीक्षेत्रको लगानी उपयोग गरी नेपाल जलस्रोत विकासमार्फत दक्षिण एशियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना सामन्थाले व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा द्विपक्षीय अन्य मुद्दामा पनि छलफल भएको थियो । त्यसअघि उनले मंगलवार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् । सामन्थाको भ्रमणमा नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन यूएसएआईडीले ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) सहयोग गर्ने घोषणा भएको छ । उक्त रकम स्रोतको उपलब्धतामा निर्भर हुने जिकीर गर्दै घोषित रकममध्येको ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको सामन्थाले बताइन् । त्यस्तै सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरणका लागि २ करोड डलरसम्म समावेश गरिएको उनले मंगलवार ललितपुरमा भएको एक कार्यक्रममा बताएकी थिइन् । सामुदायिक अवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायको नेतृत्वमा उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थालाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्म छुट्ट्याइएको पनि उनले बताएकी थिइन् ।

चालु आर्थिक वर्षको ४५ दिनमा नेपालले लियो १४ अर्ब रुपैयाँ विदेशी सहायता

काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको ४५ दिनमा १४ अर्ब रुपैयाँ विदेशी सहायता लिएको छ । यसमध्ये १२ अर्ब ७५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र बाँकी अनुदान रकम छ। अर्थ मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमका लागि स्वीजरल्याण्ड सरकारसँग ९९ करोड १९ लाख बराबरको अनुदान सहायता प्राप्तिको लागि सम्झौता […]

चालु आर्थिक वर्षको ४५ दिनमा आयो १४ अर्ब रुपैयाँ विदेशी सहायता

नेपालले चालु आर्थिक वर्षको ४५ दिनमा १४ अर्ब रुपैयाँ विदेशी सहायता लिएको छ । यसमध्ये १२ अर्ब ७५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र बाँकी अनुदान रकम छ । अर्थ मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमका लागि स्वीजरल्याण्ड सरकारसँग ९९ करोड १९ लाख बराबरको अनुदान सहायता प्राप्तिको लागि सम्झौता गरेको छ । यस्तै, मानव श्रोत विकास सम्बन्धमा जापान सरकारसँग ३५ करोड रुपैयाँ बराबरको अनुदान सहयता प्राप्तिको लागि सम्झौता गरिएको मन्त्रालयले जानकारी दियो ।नेपाल सरकारल

चालू आवमा पौने २ खर्बको प्रतिबद्धता

चालू आर्थिक वर्षमा सरकारलाई १ खर्ब ७४ अर्ब ३८ करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । प्राप्त प्रतिबद्धताअनुसार अनुदान सहायता ९६ अर्ब ५६ करोड र ऋण सहायता ७७ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । चालू आवको पहिलो करिब साढे सात महिनामा यो अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त भएको हो ।