प्रदेश १ सरकारले २०७९ सालमा केन्द्र सरकारले दिने सार्वजनिक विदा बाहेकका ३ वटा विदा प्रदेशमा थप गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले दिएको जानकारी अनुसार त्यस्ता विदामा भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गतेको छठ पर्व र कात्तिक २५ गतेका दिन फाल्गुनन्द दिवस रहेको छ । आजको बैठकले आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । यस्तो सहयोग असाध्य रोग लागेका बिर