काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दासलाई पितृ शोक परेको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनाेदका पिता मदन दासको बिहीबार बिहान ६:०० बजे बाराको कलैया उपमहानगरपालिका ६ स्थित निवासमै निधन भएको थियो । विनोदका अनुसार ३ वर्ष अघि दासलाई मष्तिस्क सम्बन्धि समस्याको उपचार गरिएको थियो। पछिल्लो ६ महिनाबाट […]
The post क्रिकेट टोलीका पूर्व कप्तान दासलाई पितृ शोक first appeared on हाम्रो खेलकुद.
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्यबस्थापक तथा पूर्व कप्तान विनोद दासलाई पितृ शोक परेको छ। उनका बुवा मदन दासको बिहीबार निधन भएको हो। दासको बाराको कलैयास्थित निवासमानै निधन भएको जनाइएको छ। दास विगत २, ३ महिना देखी विरामी रहेका थिए। उनको प्यारालाइसिस समस्या थियो। उनी विरामी हुनु अघि सम्म कलैयामानै होटल व्यवसाय गर्दै आएका थिए।
काठमाडौं, २४ असोज । संविधानविद् डा.भीमार्जुन आचार्यलाई पितृ शोक परेको छ । आचार्यका ८४ वर्षीया पिता निमकान्त आचार्यको आज (बुधबार) उपचारको क्रममा ललितपुरको जावालाखेलमा रहेको अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्यष्टि भोलि विहान साढे ८ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले बताएको छ ।
काठमाडौँ । नायिका नीता ढुङ्गानालाई पितृ शोक परेको छ। ढुङ्गानाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत आफूलाई पितृ शोक परेको जानकारी दिएकी हुन। उनले आफूलाई पितृ शोक परेको बताउँदै बुवालाई श्रद्धाञ्जली दिएकी छन्। उनले लेखेकी छन्,’ श्रद्धाञ्जली मेरो भगवान्। मेरो बुवाको वैकुण्ठ मा बास होस। धेरै सम्झना छ मेरो मुटु।’
काठमाडौं । राजधानी दैनिकका भाषा सम्पादन प्रमुख ईश्वरी ओझाका पिता शिवराज ओझाको बिहीबार बिहान निधन भएको छ । ओझाको ८० वर्षको उमेरमा डोटी वारपाटास्थित आफ्नै निवासमा निधन भएको हो । उच्चरक्तचापका कारण ओझाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको जन्म ८ असोज १९९९ मा भएको थियो । मृतक ओझाका श्रीमती, दुई छोरा र […]
The post राजधानीकर्मी ओझालाई पितृ शोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
चर्चित लोकगायक राजु परियारलाई पितृ शोक परेको छ । उनका ७२ वर्षीय बुबाको आइतबार बिहान निधन भएको हो । गायक परियारले सामाजिक सञ्जालमार्फत बुबाको निधनको खबर सार्वजनिक गरेका हुन् । लमजुङको बेंसीशहर नगरपालिका–२, चिसापानी घर भएपनि पछिल्लो समय चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको हो । ३–४ वर्षयता फोक्सोसम्बन्धी समस्याबाट पीडित परियारको केही अगाडि काठमाडौंमा उपचार भएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई चितवन पुर्याइएको थियो ।उनले फेसबुकमा लेखेका छन्– ‘बु
कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई पितृ शोक परेको छ । उनका बुबा धनपति घिमिरेको आइतबार विहान निधन भएको कलाकार कृष्ण मल्लले जानकारी दिए ।९९ बर्षका झापा निवासी धनपति दम तथा बुढ्यौली उमेरसँगै देखिने बिभिन्न रोगबाट पिडित थिए । घिमिरेको अन्तिम संस्कार आइतबार नै गरिनेछ ।
कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ । उनका ७८ बर्षिय बुबा लोकबहादुर पण्डितको बुधबार दिउँसो ह्याम्स अस्पतालमा निधन भएको हो । कलाकार माधव पण्डितका बुबा समेत रहेका उनीलामाे समयदेखि दमकाे रोगबाट पीडित रहेका थिए । लोकबहादुर बुधबार साँझ पशुपतिमा आर्यघाटमा अन्तिम संस्कार गरिएकाे छ । लाेकबहादुरकाे निधनप्रति विभिन्न कलाकारले सामाजिक संजालबाट श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् ।
न्युज अफ नेपाल, काठमाडौं । समाचारपत्रका अछाम संवाददाता धर्मेन्द्र बिसीलाई पितृ शोक परेको छ । पत्रकार बिसीका पिता लोकबहादुर बुढाको ५९ वर्षको उमेरमा निधन भएको हो। उहाँको आज (सोमबार) बिहान ७ः३० बजे अछामको हिच्मास्थित आफ्नै निवासमा निधन भएको हो। उहाँ विगत एक बर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको आज नै अत्येष्टि गरिएको छ । […]
काठमाडौँ : नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ। निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो। उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए। उनका दुई छोरा र एक छोरी छन्।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको…