महिला साफ च्याम्पियनसिपको १२ वर्ष लामो इतिहास पछि नेपालले भारतलाई हरायो । भारतलाई हराउँदै नेपाल फाइनलमा पुग्यो । नेपालको भारतसँग फाइनलमा धरै भेट हुन्थ्यो । यसअघिका पाँच संस्करण मध्य चार संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पिएको थियो ।तर, घरेलु मैदानमा भएको साफमा भने नेपालले ऐतिहासिक सफलता हात पार्यो । नेपालले भारतलाई १–० गोल अन्तरले हरायो । पहिलो जितमा नेपाली खेलाडीसँगै प्रशिक्षक र समर्थकको पनि सफलता जोडिएको मुख्य प्रशिक्षक कुमार थापाले बताए ।महिला फुटबललाई घरेलु समर्थकल