सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ प्रमाणीकरण गरेकी छिन् । राज्यव्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित भएर प्रतिनिधि सभामा प्रतिवेदन पठाइएपनि त्यसमा छलफल नगरी संसद छलेर विधेयक ल्याइएपछि चौतर्फी विरोध भइरहेको छ । जनता समाजवादी पार्टीका राजेन्द्र महतो र महन्त ठाकुर खेमालाई सरकारको पक्षमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले सो अध्यादेश ल्याएको आराेप छ ।झन्डै साढे २ बर्षसम्म संसदीय समितिमा छलफल भई अघि बढेको विधेयकलाई लत्याएर अध्य