ट्वीटर भेरिफाइड गराउन अब मासिक ८ डलर तिर्नु पर्न

अब ट्वीटरको एकाउन्ट भेरिफिकेसन अर्थात् 'ब्लु टिक साइन' पाउँनको लागि पैसा तिर्नु पर्ने भएको छ । यस अघि ब्लु टिक पाउँनको लागि मासिक २० डलर तिर्नु पर्ने चर्चा चलेकोमा ट्वीटरका प्रमुख एलन मस्कले यो रकम मासिक ८ डलर भएको घोषणा गरेका छन् ।उनले यसरि मासिक ८ डलर तिर्नेलाई थप सुविधा हुने पनि बताएका छन् । उनले रकम तिर्ने प्रयोगकर्ताले रिप्लाई, मेन्सन र सर्चमा प्राथमिकता पाउने बताएका छन् । त्यस्तै रकम तिर्ने प्रयोगकर्ताले अरुको भन्दा लामो अडियो तथा भिडियो पोस्ट गर्न सक्ने बताईएको छ । त्यस्तै रकम तिर्ने प्रयोगकर्ताको ट्वीटरमा अन्य प्रयोगकर्ताको तुलनामा आधा मात्र विज्ञापन देखिने मस्कले बताएका छन् । राजनीतिक दलका नेताको एकाउन्टमा भने उनीहरुको परिचय दिनको लागि छुट्टै ट्याग हुने मस्क्ले उल्लेख गरेका छन् । जुन ब्यबस्था अहिले पनि कायम छ ।एलन मस्कले ट्वीटर खरिद गरेसँगै उनले ट्वीटरका कर्मचारीहरुलाई आगामी नोभेम्बर ७ सम्ममा भेरिफिकेसन अर्थात् 'ब्लु टिक साइन' पाउँनको लागि पैसा तिर्नु पर्ने ब्यबस्था कार्यान्वयन गर्न निर्देशन दिएका थिए । यदी उनीहरुले नोभेम्बर ७ सम्ममा यो काम गर्न नसकेमा मस्कले ति कर्मचारीलाई बर्खास्त गर्ने तयारी गरेको 'द भर्ज'ले जनाएको थियो ।एलन मस्कले ट्वीटर खरिद गरेपछि त्यहाँका सीइओ सहित उच्च तहका कर्मचारीहरुलाई बर्खास्त गरिसकेका छन् । त्यस्तै उनले अब डेडलाइन तोकेर काम दिने र सो समयमा ति कार्य पुरा गर्न नक्सने कर्मचारीलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् । मस्कले हाल लगइन नगर्दा देखिने ट्वीटरको होम पेजको इन्टरफेस परिवर्तन गरिसकेका छन् । उनले टेस्लाका इन्जिनियरलाई ट्वीटरको सल्लाहकारको रुपमा ल्याएर यो काम गरेको बताईएको छ । 

सम्बन्धित सामग्री

काठमाडौंका स्वास्थ्य संस्थाले अनिवार्य मासिक प्रतिवेदन बुझाउनुपर्ने

२ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने भएको छ । यसका लागि महानगरले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आईएचएमआईएस) को ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराउन थालेको छ । युजर नेम र पासवर्डसँगै प्रणाली कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्वास्थ्य […]

सहिद परिवारलाई मासिक भत्ता

सप्तरी- सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा सहिद भएका नगर क्षेत्र भित्रका सहिद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ। आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार सहिदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ। हालसम्म उक्त सहयोग राशि पाउने सहिद परिवारकाे सङ्ख्या तीन पुगेको छ। […]

शहीद परिवारलाई मासिक भत्ता

सप्तरी । सप्तरीको राजविराज नगरपालिकाले बिभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ । आर्थिक वर्ष ०७९÷८० को नगरसभाको निर्णयानुसार शहीदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ । हालसम्म उक्त सहयोग राशि पाउने शहीद परिवारको सङ्ख्या […]

सिन्धुलीको मरिण गाउँपालिकाले एकल पुरुषलाई मासिक २ हजार भत्ता दिने

सिन्धुली । सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले विदुर पुरुष (एकल पुरुष) हरुलाई मासिक २ हजार भत्ता दिने भएको छ। सोही गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि आफ्नो पालिका भित्रका एकल पुरुषहरुलाई जीवननिर्वाह गर्नका लागि भत्ता उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । मरिण गाउँपालिकापालिका भित्रका एकल पुरुषहरुलाई भत्ता वितरणको लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटमा १२ […]

सहिद तथा बेपत्ता परिवारलाई मासिक सहायता उपलब्ध गराउँदै भरतपुर महानगर

रत्न नगर । चितवनको भरतपुर महानगरपालिकाले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई मासिक रूपमा आर्थिक सहायता उपलब्ध गराउन सुरु गरेको छ । सहिद तथा बेपत्ता परिवारको जीविकोपार्जनमा सहज बनाउन मासिक रूपमा दुई हजार उपलब्ध गराउन सुरु गरेको महानगर प्रमुख रेणु दाहालले बताइन् । महानगरपालिकाले आज विशेष कार्यक्रम गर्दै जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद […]

मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार पाउने

१६ चैत, काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै यस्ता बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको हो । ‘नीति तथा कार्यक्रममा मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई […]

गम्भीर रोग लागेका बिरामीलाई मासिक ५ हजार दिने बाटो खुल्यो

काठमाडौँ- गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार वापत मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन सुरू भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको बैठकले सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको बाटो खुलेको हो । क्यान्सरका रोगी, मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार बापत खर्च […]

शहीद परिवारलाई मासिक भत्ता उपलब्ध गराउन प्रधानमन्त्रीकाे ध्यानाकर्षण

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले माओवादी युद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण कार्यविधि संशोधन हुनुपर्ने, छुटेका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सूचीकृत गर्ने, उनीरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्...

मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट

सरकारले गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्न मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट गर्ने व्यवस्था गरेको छ ।बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट दिइ यसै महिनादेखि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।