फ्रान्द्वारा नाइजर सेनालाई दूतावासको सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न आग्रह

पेरिस, १८ साउन । फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न आग्रह गरेको छ। विदेश मन्त्रालयले नाइजेरियन सुरक्षा बलहरूलाई विदेशी कूटनीतिक अधिकार सम्वर्धन गर्दै कूटनीतिक कर्मचारीहरूको सुरक्षा  प्रत्याभूति सुनिश्चित गर्न आवश्यक उपायहरू अवलम्वन गर्न आग्रह गरेको छ । मन्त्रालयले भनेको छ – यी कार्यहरू अन्तरराष्ट्रिय कानून अन्तर्गतका दायित्वहरू, विशेष गरी […]

सम्बन्धित सामग्री

लेबनानमा शान्ति सेनामाथि इजरायली आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलीले गरेको आक्रमणको कडा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले उक्त घटनाको छानबिनको मागसहित सुरक्षाको प्रत्याभूति दिलाउन आग्रहसमेत गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत् मन्त्रालयले भनेको छ, ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ र द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ । […]

ऊर्जा परियोजनास्थलमा सुरक्षा पोष्ट राखिदिन इप्पानको आग्रह

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ऊर्जाका परियोजनामा सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरेको छ । इप्पानले मंगलवार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गृह मन्त्रालयमा भएको भेटवार्तामा यस्तो माग गरेको हो । उक्त अवसरमा इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले ऊर्जाका परियोजना निर्माण गर्दा स्थानीयको अवरोधले काम गर्ने वातावरण नबनेको भन्दै परियोजनास्थलमा सुरक्षा पोस्ट राखिदिन आग्रह गरेका थिए । साथै विष्फोटक पदार्थको सहज आपूर्तिका लागि पनि गृह मन्त्रालयबाट आवश्यक सहजीकरण गरिदिन उनले अनुरोध गरे । भेटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको लगानीको सुरक्षा सरकारले गर्ने बताएका छन् । उनले ऊर्जा क्षेत्रमा भएको रू.१३ खर्ब लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताएका हुन् । भेटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको लगानीको सुरक्षा सरकारले गर्ने बताएका छन् ।  अहिले सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने र सबै तह तथा तप्काका नागरिकको सुरक्षा गर्ने रहेको गृहमन्त्रीले बताए । यसैबीच, मंगलवार नै इप्पान र नेपाल बीमा प्राधिकरणका पदाधिकारीबीच पनि भेटवार्ता भएको छ । भेटमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले इप्पानका सुझाव समेटेर बीमाका नीति, नियम र निर्देशिका जारी गरिने बताए । पछिल्लो समय बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि जारी गरिएको न्यूनतम प्रिमियमसम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै एकतर्फी रूपमा ६०० गुणासम्म प्रिमियम बढाएपछि इप्पानले उक्त निर्देशिका खारेजीको माग गर्दै आएको छ । उक्त निर्देशिका पूर्ण रूपमा कार्यान्वयन नहुँदै फेरि पनि प्रिमियम बढाउन खोजेपछि इप्पानले गत असार ७ गते बीमा प्राधिकरणलाई ध्यानाकर्षणपत्र लेखेर खबरदारी गर्दै आएको छ । यसबीचमा निर्जीवन बीमा कम्पनीको संगठन नेपाल बीमक संघ र इप्पानबीच दुवै पक्षलाई मान्य हुने प्रिमियम निर्धारणका लागि पटक–पटक छलफल भएको छ । तर, सबैलाई मान्य हुने गरी प्रिमियम निर्धारण गर्ने काम भने हुन सकेको छैन । यसबाट कतिपय बीमालेख नवीकरण गरिएका छैनन् भने नयाँ बीमालेख समेत जारी भएका छैनन् ।

घरभाडा नघटाए तालाचाबी घरबेटीलाई बुझाउने व्यवसायीको चेतावनी

चितवन  । आर्थिक मन्दीको कारण व्यवसाय सुस्त भएपछि चितवनका व्यवसायीले भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । बैंकको ब्याजदर, घरभाडा, कर्मचारी खर्च लगायतका चालू खर्च धान्न नसकेको भन्दै उनीहरूले घरबेटीलाई तालाचाबी बुझाउने चेतावनी दिएका छन् । व्यवसायीको चर्को विरोध र असन्तुष्टि देखिएपछि नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले व्यवसायमा देखिएको आर्थिक मन्दी र उत्पन्न समस्याका सम्बन्धमा विभिन्न व्यवसायी संघहरूसँग बृहत् छलफल गरेको छ ।  छलफलमा हालको व्यवसायसम्बन्धी समस्यालाई सम्बोधन गरी विषम परिस्थितिमा व्यवसायीलाई टिकाउन र घरधनीका घर खाली नगर्न घरधनी लगायत सम्बन्धित संघसंस्थाको विशेष पहल रहनुपर्ने सरोकारवालाको भनाइ छ । मञ्चका अध्यक्ष खेमनारायण पराजुलीले वर्तमान अवस्था र यसबाट सृजित समस्या समाधानका लागि मञ्चको तर्फबाट विभिन्न सार्वजनिक लेख, विज्ञप्ति र ज्ञापनपत्रमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिए पनि माग सम्बोधन नभएको बताए ।  चितवन जिल्लाअन्तर्गतका बढी जनघनत्व रहेका पालिकाका ८० देखि ९० प्रतिशत व्यवसायी घर भाडामा लिई व्यवसाय सञ्चालन गरेको र उक्त व्यवसायीमध्येका झन्डै ८५ प्रतिशत व्यवसायीले व्यवसायबाट घरभाडा तिर्न नसकेको बताउँदै यसलाई गम्भीर रूपमा लिन पराजुलीले आग्रह गरे । जिल्लाका मुख्य बजारका धेरै सटर तथा घर खाली हुँदै गएको र भएका अधिकांश व्यवसायीले पसल विक्रीका लागि बोर्ड तथा ब्यानर समेत लगाएका छन् । ‘घरधनीले खाली भवनमा भाडामा छ भनेर ब्यानर, पोस्टर टाँसेको अवस्था छ । व्यवसाय नै बन्द रहेमा घरधनीले प्राप्त गर्ने भाडा, राज्यले प्राप्त गर्ने व्यवसाय कर, बहाल कर र रोजगारीसमेत गुम्ने अवस्थामा घरधनी, राज्य र व्यवसायीका संघबाट यथोचित सम्बोधन हुनुपर्छ,’ उनले भने । व्यवसायी संघबाट हालको अवस्थामा दिँदै आएको भाडादरमा ३० देखि ४० प्रतिशत घर भाडा घटाउन अनुरोधसहित छाता संगठन उद्योग वाणिज्य संघ र महासंघसम्म ज्ञापनपत्र बुझाएको तर उचित पहल हुन नसकेको व्यवासायीको गुनासो छ । घरबहालसम्बन्धी स्पष्ट कानून नबन्नु, विभिन्न करको विषयमा स्थानीय सरकारले उचित र प्रष्ट नीति तथा व्यवस्था गर्न नसक्नुले व्यवसायको सुरक्षाको ग्यारेन्टी नभएको मञ्चका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार हेमराज पौडेलले बताए ।

ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण सामान्य अवस्थातर्फ आएकाले आर्थिक पुनरुत्थान नै सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल दोस्रो चरणको आर्थिक सुधारको क्रममा रहेको भन्दै उहाँले यसलाई तीव्रतालाई दिन स्वदेशी तथा विदेशी लगानीलाई सहजीकरण गरिने बताउनुभएको हो । बुधवार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को रजत जयन्ती तथा अवार्ड वितरण कार्यक्रमको अवसरमा उहाँले नेपालमा ढुक्क भएर लगानी भित्र्याउन र गर्न विदेशी लगानीकर्तालाई पनि आह्वान गर्नुभएको छ । ‘नेपालमा ढुक्क भएर लगानी गर्नुहोस्,’ उहाँले भन्नुभयो, ‘तपाईंको सम्पत्ति र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ ।’ २०४८ सालपछि नेपालले खुला बजार अर्थनीतिलाई आत्मसात् गरेको र त्यसपछि निजीक्षेत्र तथा विदेशी लगानी आउन शुरू भएकाले त्यसलाई थप बढवा दिँदै आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिने उहाँको भनाइ छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भन्सारमा आधारित राजस्व, विप्रेषणमा आधारित अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताए । विकासमैत्री नीतिगत ऐन तथा कानूनहरू बनाउनेतर्फ ध्यान दिइएको भन्दै उनले नेपालको खर्च गर्ने मोडालिटीमा पनि नयाँपन ल्याउन आवश्यक रहेको बताए । खरीद ऐन तथा नियमावलीलाई संशोधन गर्न लागिएको र निर्माण व्यवसायीहरूलाई प्रोत्साहन गर्ने नीति ल्याउन लागिएको उनले बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सार्वजनिक खरीद र सार्वजनिक योजना छनोट पारदर्शी नभएको बताए । संघीयतामा गइसकेपछि तल्लो तहमा पनि संस्थागत संरचना खडा भएको भन्दै उनले भने, ‘संस्था बनाउनेबित्तिकै काम हुँदैन भन्ने देखियो, अहिले जेसीबी भएकाहरू मेयर भएका छन् भने देशभरि कोतरिएका डाँडाहरूमात्रै छन् ।’ आर्थिक पुनरुत्थान तथा दोस्रो चरणको आर्थिक सुधारका लागि बजेटको बीचमा हुने ३७ प्रतिशत रकमान्तरलाई व्यवस्थापन गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण, सरकारको आकार घटाउने र खर्च तथा सार्वजनिक योजना छनोटलाई आवश्यकताका आधारमा मात्रै अघि बढाउन आवश्यक भएको उनले बताए । कार्यक्रममा कांग्रेसका सांसद् तथा उद्योगपति विनोद चौधरीले नियामक निकायलाई चुस्त बनाउँदै अर्थतन्त्रको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए । सरकार बदलिने चरित्रमा फेरबदल आएको भन्दै उनले अब सबैको प्राथमिकतामा आर्थिक पुनरुत्थान हुन आवश्यक भएको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग, व्यवसायसँग सम्बद्ध विभिन्न १४ ओटा ऐन सुधार गर्न खाँचो रहेको बताए । उद्योग मन्त्रालयले ४ महीनादेखि मन्त्री पनि नपाएको भन्दै उनले सरकारले जुन प्राथमिकता दिनुपर्ने थियो, त्यस किसिमले उद्योग व्यवसायलाई प्राथमिकता नदिएको उनले बताए । उनले अमेरिकी सहयोगको परियोजना एमसीसीलाई छिटो पारित गराउन पनि जोड दिए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले तरलता अभाव भएको नाममा सीडी अनुपातलाई ९० प्रतिशतमा झार्नुभन्दा पनि यसलाई ९५ प्रतिशतमा राख्न सुझाव दिए । नेपाल परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको आवश्यकता औद्योगिकीकरण भएको भन्दै उद्योग र रोजगारी सृजना गर्न सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । सेजनको रजतजयन्ती तथा सेजन अवार्ड कार्यक्रममा यस वर्षको सेजन अवार्ड अन्नपूर्ण पोस्टकी सुनीता कार्की र हिमाल खबर पत्रिकाका रमेशकुमार न्यौपानेले पाएका छन् भने त्यस अवसरमा प्राडा अच्युत वाग्ले र राजीव उपाध्यायलाई सेजनले सम्मान गरेको छ ।

नेपालमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश तथा विदेशका लगानी कर्ताहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।उनले नेपालमा लगानी गर्नेहरुको सम्पत्ति र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले दिने बताए। प्रधानमन्त्री देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले काम गर्न नसक्ने भन्दै नि

कर्मचारीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न फियनको आग्रह

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले कोरोना महामारीका बेला बैंक तथा वित्तीय संस्थाका कर्मचारीको स्वास्थ्य सुरक्षाको सम्बन्धमा नियामक निकायहरूको ध्यानाकर्षण गराएको छ । मुख्य नियामक निकायको रूपमा नेपाल राष्ट्र बैंकले कोरोना महामारीमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सेवाग्राही लगायतको स्वास्थ्य सुरक्षाबारे बैंक तथा वित्तीय संस्थालाई जारी गरेका निर्देशनको पालना भए÷नभएको सम्बन्धमा आवश्यक निगरानीका लागि गभर्नर महाप्रसाद अधिकारीलाई आग्रहसहित ध्यानाकर्षण गराएको हो । ‘देशमा बढ्दो महामारीको समयमा एकातर्फ स्वास्थ्य सेवा प्राप्त गर्न कठिन हुँदै गएको छ भने अर्कोतर्फ वित्तीय क्षेत्रका कर्मचारी संक्रमित भई यथोचित स्वास्थ्य उपचार नपाई मृत्यवरण गर्न पुगेका छन्,’ फियनद्वारा बिहीवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सुलभ–सहज, भरपर्दो र प्रभावकारी स्वास्थ्य सेवाको प्रत्याभूति नहुँदा नहुँदै पनि यस जटिल परिस्थितिमा समेत वित्तीय सेवा प्रवाहलाई नियमित गराउने यस क्षेत्रमा कार्यरत कर्मचारीको स्वास्थ्य सुरक्षा तथा उपचारको पूर्ण ग्यारेन्टी प्रदान गर्न र यथोचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकार तथा नियामक निकायको गम्भीर ध्यानाकर्षण गराउँछौं ।’ यससँगै फियनले विभिन्न माग समेत गरिएको छ । फियनले सेना, प्रहरी र निजामती सेवाका कर्मचारी तथा तिनका आश्रितका लागि संरक्षित र सुलभ, सहज स्वास्थ्य सेवा प्रदान भए सरह सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरू तथा तिनका परिवारका लागि सेवा प्रवाह गर्नेगरी सबै बैंक तथा वित्तीय संस्थाको सहभागितामा तत्काल बैंकर्स हस्पिटलको स्थापनाको प्रारम्भ गर्नुपर्ने, उपत्यकाभित्र तथा विभिन्न जिल्ला तथा स्थानीय निकायमा रहेका बैंक तथा वित्तीय संस्थाहरूका सबै शाखाहरू हरेक दिन खोल्नुभन्दा आलोपालो गरी खोल्ने र ती शाखाबाट सबै बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई सेवा प्रदान गर्नेगरी आवश्यक व्यवस्था मिलाउनुपर्ने लगायत विभिन्न माग गरेको छ ।

शनिबार विशेष : चीनमा रहेका नेपालीलाई दुवै देशका सरकारको साथ

शनिबार दिनभरका मुख्य खबर : चीनकाे हुवेइमा रहेका सबै नेपालीलाई  जहाज चार्टर  गरेर नेपाल ल्याइने : फाराम भर्न आग्रह चीनमा रहेका विद्यार्थी ल्याउन जहाज तयारी अवस्थामा छ : पर्यटनमन्त्री भट्टराई चीनमा रहेका नेपालीको स्वास्थ्य-सुरक्षाको ग्यारेन्टी लिन्छौँ : चिनियाँ दूतावास कोरोना भइरसका बिरामीलाई छुट्टै उपचार क...

फ्रान्सद्वारा नाइजर सेनालाई दूतावासको सुरक्षाको ‘पूर्ण ग्यारेन्टी’ गर्न आग्रह

फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको ‘पूर्ण ग्यारेन्टी’ गर्न आग्रह गरेको छ ।

मन्त्रालयमा हाजिर हुन डडेल्धुरा अस्पतालका चिकित्सकलाई गोदानको आग्रह

डडेल्धुरा : सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकहलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेको छ। जिल्लामा असुरक्षा भएको भन्दै संघले उनीहरुलाई काठमाडौं हाजिर हुन भनेको हो।  ‘सुरक्षाको सत प्रतिशत ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुस...