बाँदर नियन्त्रणमा सरकारले ध्यान नदिएको भन्दै मकैको माला लगाएर किसान आन्दोलनमा
धादिङको नीलकण्ठ नगरपालिका– ९ की ५० वर्षीया जुनमाया नेपालीले १० वर्ष पहिले श्रीमान् गुमाइन्। छोराको पनि कलेजोको अपरेशनपछि काम गर्न नसक्ने छन्। परिवार नै कृषिमा निर्भर छ। तर सम्पत्तिको नाममा...
पश्चिम सुर्खेतको चौकुनेका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । खेतबारीमा बाँदरको बिगबिगीपछि वनजङ्गल आसपासका बस्तीका किसान समस्यामा पर्न थालेका छन् । मकै पाक्ने समयमा बाँदर खेतबारीमा पसेर नष्ट पार्न थालेपछि यहाँका किसान चिन्तित हुन थालेका छन् । बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने चौकुने गाउँपालिका–२ की डिल्लीसरा विकले बताउनुभयो । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको आठ/१० वर्षमा धेरै बस्ती खाली हुने उहाँको भनाइ छ । बिहान उठ्नेबित्तिकै बाँदर धपाउन भ्याइनभ्याइ हुने गरेको उहाँले सुनाउनुभयो ।
अर्घाखाँची पाणिनी गाउँपालिका पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ । पाणिनी गाउँपालिका वडा नं २ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताउनुभयो । बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी किसानका मागका आधारमा भोटे कुकुर वितरण गरिएको जनाइएको छ । […]
पोखरा । सरकारले हरेक वर्ष अनुदानमा आधारित कृषि कार्यक्रम सञ्चालन गर्ने भन्दै अर्बौं रुपैयाँ खर्च गर्ने गरेको छ । तर, फितलो कार्यान्वयन, योजना छनोटमा बेवास्ता तथा उचित अनुगमन तथा मूल्यांकन नहुँदा योजना असफल भएका उदाहरण बग्रेल्ती पाइन्छन् । तर, अनुदान रकम सदुपयोग गर्न सके निर्वाहमुखी रहेको पशुपालनलाई व्यावसायिक बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् कास्कीको रूपा गाउँपालिकाका २४ महिला किसान ।
विश्व बैंकको सहयोगमा सञ्चालित नेपाल लाइभस्टक आयोजनामा जोडिएर पशुपालनमा लागेका देशैभरका ५ सयभन्दा बढी किसान अनुदानको रकम सदुपयोग गरी आफूलाई व्यवसायिक कृषकरूपमा उभ्याउँदैछन् ।
आयोजनाले गण्डकी प्रदेशमा मात्रै ४८ पालिकामा १३६ उपआयोजना सञ्चालन गरी निरन्तर अनुगमन मूल्यांकन तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराइरहेको छ । व्यक्ति, समूह, सहकारी, संघ र निजी फर्म तथा कम्पनीसँगको सहकार्यमा यी आयोजना अगाडि बढेका हुन् ।
आयोजना सञ्चालन गरिरहेका कृषकले केही प्राविधिक र प्रक्रियागत झन्झट भएता पनि आयोजना सम्पन्न हुँदासम्म आफू व्यवसायिक उत्पादक भएको बताएका छन् ।
कास्कीको रूपा गाउँपालिका–५ देउरालीस्थित २४ जना महिला मिलेर १ करोड ९८ लाख लगानीमा सञ्चालन गरेको ‘अन्नपूर्ण पशुपालक समूह’ उपआयोजनामा आवद्ध भएका महिला कृषकहरूले आयोजना सम्पन्न भइसक्दा व्यवसायिक कृषक बनेको बताए ।
बाँदरले खेती नष्ट गर्न थालेपछि कृषक समूह बनाएर बाख्रापालन व्यवसाय शुरू गरेका यहाँका २४ महिला व्यावसायिक बन्दै गएका हुन् । सिँचाइको सुविधा नहुँदा किसानहरूको खेतीयोग्य जग्गा कम छ । त्यसमा पनि बाँदर आतङ्कका कारण बस्ती नै विस्थापित हुने अवस्था थियो । फलफूल, मकै, आलु, दलहन, गहुँ र तरकारीलगायतका बाली जोगाउनै मुस्किल परेपछि अधिकांश खेती बाँझै थियो ।
समूहले वन कार्यालयको सहयोगमा ३ हजार २०० घाँसका बेर्ना ल्याइ बाँझो जग्गामा लगाएपछि व्यावसायिकतातर्फ उन्मुख भएको किसान बताउँछन् ।
हाल आयोजनाको अनुदान सहयोगसहित कुल १ करोड ९८ लाखमा २२ अत्याधुनिक खोर निर्माण गरी बाख्रापालन गरिएको छ । शुरूमा ३१० बाख्रा र १३ ओटा उन्नत जातका बोका खरीद गरी शुरू भएको आयोजनाका सबै पशुको प्रसुडेन्सियल इन्योरेन्सले बीमा गरिदिएको छ । सुधारिएको खोर यूरियन पीट, कम्पोष्ट पिट निर्माण गरिएको छ । आयोजनाले सम्पन्न नभएसम्म प्राविधिक र आर्थिक सहयोग गर्दा यो उपआयोजना सम्भव भएको हो ।
यो समूहको नेतृत्व एक ६५ वर्षीया महिलाले गरेकी छन् । सामान्य लेखपढ समेत नभएकी खोमाया गुरुङ अन्नपूर्ण पशुपालक समूहकी अध्यक्ष हुन् । गाउँको आमा समूहमा ३० वर्ष अध्यक्ष रहेकी गुरुङलाई जापानी सहयोग नियोग जाइकामा लामो समय काम गरेको अनुभव पनि छ ।
छोरा विदेश बुहारी शहर झरेपछि एक्लै बनेकी गुरूङले आँफू सहित व्यवसायि बन्न चाहेका अन्य २३ जना महिलाको नेतृत्व गरिरहेकी छन् । आँफुले ऋण र आयोजनाको सहयोगमा ६ ओटा बाख्रा ल्याएर पाल्न थालेकी हुन । अहिले उनको खोरमा २४ ओटा बाख्रा पुगेका छन् । आफूले पनि बाख्रा पाल्दा अन्य महिलालाई हौसला मिलोस भनेर खोर बनाएको उनि बताउँछिन् ।
‘छोरा विदेश गए बुहारी शहर झरिन् । खेतवारी बाँझै हुँदा मन दुख्थ्यो अहिले सबैमा घाँस लगाएकी छु । आफै घाँसपानी गर्छु,’ उनले भनिन्, ‘नाती/नातिना दशैंमा आउँछन् । एउटा खसी खान्छन्, जान्छन्।’
‘गाउँमा युवा छैनन्, भएका यिनै छोरीबुहारी हुन् । म बूढीमान्छेले २÷४ बाख्रापाल्दा यिनलाई हौसला होला भनेर मैले पनि पालेकी हुँ । तर, राम्रो भएको छ, आफै घाँसपानी गर्छु। ऋणको किस्ता महिनाको ७ हजार जति आउँछ । एउटै खसी बेचे २ महीनालाई किस्ता पुग्छ,’ उनले थपिन् ।
समूहकी सदस्य रहेकी कृषक दुर्गा बिकका अनुसार आयोजनाको अनुदान र बैंकको ऋण सहयोगमा खोर निर्माण सम्पन्न भएपछि २/४ ओटा बाख्रा पालन शुरू गरेको भए पनि अब व्यावसायिक रूपमै विस्तार गरी बाख्रापालन गर्ने सोच बनाएको बताइन् । आयोजना सम्पन्न हुँदासम्म सिकेको र प्राप्त गरेको तालिम तथा ज्ञानले आफूहरू व्यावसायिक बाख्रापालन गर्न सक्षम भएको उनको भनाइ छ ।
‘पहिले पनि बन्दजस्तै (परम्परागत) खोरमा बाख्रा पाल्थ्यौं, कहिले राम्रो आम्दानी भएन । अहिले अत्याधुनिक खोर छ, कसरी पाल्नुपर्ने रहेछ भन्ने पनि सिकियो । अहिले छोटै समयमा उत्पादन पाउँदा अव व्यावसायिक रूपमै बाख्रापालन गर्ने सोचेकी छु,’ उनले भनिन् ।
सोही समूहकी सचिव तथा उपआयोजनाकी प्रबन्धक अप्सरा श्रेष्ठले लामो समय पोखरा बजारमा बस्दै आएको र कोरोना महामारीको समय गाउँ फर्केर शुरू गरेको बाख्रपालनले गाउँमै रोकेको बताइन् ।
उनका अनुसार यो समूहमा खरी बाख्रा तथा बोयर बोका खरीद गरी बाख्रापालनलाई व्यावसायीकरण र आधुनिकीकरणपछि दैनिक १९ किलो मासु उत्पादन गर्ने समूहको दीर्घकालीन योजना रहेको बताइन् ।
समूहले उत्पादन गरेको मासुको बजार व्यवस्थापनमा कुनै समस्या नभएको श्रेष्ठ बताउँछिन् । ‘बजारको समस्या पनि छैन । उपभोक्ता यहीँ आएर लैजानुहुन्छ । हामीले यहाँ आएका उपभोक्तालाई सकेसम्म खाली पठाउँदैनौं । समूहले उत्पादित खसीबाख्रा विक्रीका लागि बजारको मासु पसलसँग सहकार्यसमेत गरेको छ,’ उनले भनिन् । उनले जिउँदो खसी प्रतिकेजी ५५० रुपैयाँमा विक्री हुने गरेको जानकारी दिइन् ।
बाँदरबाट खेती जोगाउन किसानहरुले दिनभर खेतबारीमै बसेर धपाउनेदेखि बाँदर तर्साउन जानेसुनेका सबै प्रयास गरिसकेको र नयाँ नयाँ उपाय अपनाउँदै पनि छन् । तर एकपल्ट मान्छेसित हारेको बाँदर केही दिनपछि हुल बाँधेर आउँछ । बाँदरले बाली पाक्न र खान नदिएछि मेचीदेखि महाकालीसम्मै धेरैको थातथालोबाट उठीबास लागेको छ । बाँदर धपाउन किसान र स्थानीय सरकारले बर्सेनि करोडौँ रकम खर्च गरे पनि यस्ता प्रयास प्राय: सबै ठाउँमा विफल भएका छन् । त्यसमाथि, बाँदरबाट बालीको रक्षा गर्न के उपाय काम लाग्छन् भन्ने कुरामा विज्ञहरु नै अनभ...
पाल्पा – पाल्पाका प्रायः सबै गाउँका बारीमा अहिले मकै पाक्ने बेला भएको छ । पाक्न ठिक्क परेको मकै जोगाउन किसानलाई निकै कष्ट छ ।
मकै खाइदिने दुम्सी, मुसा, सुगा, लोखर्के जस्ता चराचुरङ्गी र जीवजनावरले भन्दा एकैपटक हुलै आएर नास गर्ने भएकाले बाँदरदेखि जिल्लाका किसान बढी समस्यामा परेका छन् । स्थानीय सरकारले बाँदर लख...