वन्यजन्तुबाट अन्नबाली जोगाउन मुस्किल

पश्चिम सुर्खेतको चौकुनेका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । खेतबारीमा बाँदरको बिगबिगीपछि वनजङ्गल आसपासका बस्तीका किसान समस्यामा पर्न थालेका छन् । मकै पाक्ने समयमा बाँदर खेतबारीमा पसेर नष्ट पार्न थालेपछि यहाँका किसान चिन्तित हुन थालेका छन् । बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने चौकुने गाउँपालिका–२ की डिल्लीसरा विकले बताउनुभयो । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको आठ/१० वर्षमा धेरै बस्ती खाली हुने उहाँको भनाइ छ । बिहान उठ्नेबित्तिकै बाँदर धपाउन भ्याइनभ्याइ हुने गरेको उहाँले सुनाउनुभयो ।

सम्बन्धित सामग्री

अन्नबाली जोगाउन विद्युतीय पासो थाप्दा आफ्नै ज्यान जोखिममा

किसानका लागी आफुले लगाएको बाली जोगाउन सबै भन्दा सकसको विषय बन्दै गएको छ। आफूले लगाएको अन्नबाली जोगाउन अनेक उपाय अपनाउँदा आफ्नै ज्यान जाने गरेका थुप्रै घटनाहरू छन्।

अन्नबाली जोगाउन विद्युतीय पासो थाप्दा आफ्नै ज्यान जोखिममा

किसानका लागी आफुले लगाएको बाली जोगाउन सबै भन्दा सकसको विषय बन्दै गएको छ। आफूले लगाएको अन्नबाली जोगाउन अनेक उपाय अपनाउँदा आफ्नै ज्यान जाने गरेका थुप्रै घटनाहरू छन्।

छाडा चौपायाबाट बाली जोगाउन सकस

कैलाली– धनगढी आसपासका क्षेत्रमा छाडा पशुचौपायाका कारण खेतमा लगाइएको बालीनाली जोगाउन किसानलाई सास्ती हुन थालेको छ ।  छाडा पशुचौपायाको व्यवस्थापन हुन नसक्दा किसानले हैरानी खेप्नु परेको धनगढी उपमहानगरपालिका–२ का टेकराज जोराले दुःखेसो पोखे । रातको समयमा छाडा पशु आएर खेतमा लगाइएको अन्नबाली, तरकारी खाएर सखाप पारिदिने गरेको उनले बताए । गतवर्ष पनि छाडा चौपायाले आफूले […]

बँदेल र बाँदरको दुःखले धनकुटाका किसान आँप खेतीतर्फ

२ चैत, धनकुटा । जंगली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन् । डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन् । अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात्र मुक्त भएका छैन उनीहरुले आँप खेतीबाट मनग्य आम्दानीसमेत लिन […]

मकै बाली जोगाउन रातभर जाग्राम

दार्चुला । जिल्लाका अधिकांश बस्तीमा जंगली जनावरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन् । जंगली बँदेल, बाँदर र दुम्सीले बालीनाली सखाप पार्न थालेका हुन् । यी जंगली जनावरले यहाँका बालीनाली सखाप पार्न थालेपछि किसान आतंकित भएका छन । खास गरेर मुख्य खाद्य बालीको रुपमा रहेको मकैबाली जंगली जनावरले नष्ट गर्न थालेका हुन् […] The post मकै बाली जोगाउन रातभर जाग्राम appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

वन्यजन्तुबाट बाली जोगाउन तारजालीभित्र खेती

हरेक बाली भित्र्याउने बेला वन्यजन्तुले सखाप पार्दै आएपछि कैलालीको भजनी नगरपालिका–९ का किसान हैरान भएका छन् । पाकेको बाली भित्र्याउने बेला वन्यजन्तु मात्रै नभएर घरपालुवा जनावर समेतले बाली खाइदिने गरेपछि उनीहरू दिक्क भएका हुन् ।भजनी नगरपालिका–९ का सोना चौधरी अन्नबाली सबै भित्र्याउनै नपाइने गुनासो गर्छिन् । ‘वन्यजन्तु मात्रै होइन, घरपालुवा जनावरले समेत अन्नबाली नष्ट गर्दै आएका छन्,’ उनले भनिन् । सोनाले धान रोपाइँका लागि आधा कठ्ठा जग्गामा धानको बिउ राखेकी छन् । धानको बिउ

बाली जोगाउन रातभरि खेतमै जाग्राम

अन्नबाली जोगाउन कालिमाटी गाउँपालिका काप्रचौरका भिमसरा बुढालाई खेतमै जाग्राम बसेर रात बिताउनुपरेको छ । उहाँलार्ई खेतमा रात बिताउन रहर भने होईन, बाध्यता हो । काप्रचौरकै टेकबहादुर बिकले पनि वाह्रै महिना अन्नवाली जोगाउन हेरालो वस्नुपर्ने बाध्यता सुनाउनुभयो ।

वन्यजन्तुबाट बाली जोगाउन तारबार

बारीमा भालु पसेर अन्नबाली नष्ट गरिदिएपछि यो वर्ष पनि चुमनुब्री–२ का छाङ नोर्बुले उत्पादित अन्नबाली सबै भित्र्याउन पाएनन् । अन्नबाली मात्र होइन भालुले यहाँका घरपालुवा जनावरलाई समेत आक्रमण गर्ने गरेको छ ।

सिन्धुलीमा हात्तीको त्रासः स्थानीय रातभर जाग्राम

सिन्धुलीको कमलामाई नगरपालिका–१४ रानीबासका स्थानीय जंगली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । आएको हात्तिले घर भत्काउने र अन्नबाली नोक्सानी गर्न थालेपछि स्थानिय हात्तीबाट बाली जोगाउन र आफ्नो ज्यान बचाउन राति जाग्राम बस्न थालेका हुन् । हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेको स्थानिय सरिता माझिले बताउँछिन् । “हात्तिले घर भत्काइसक्यो , लगाएको बाली […]

अन्नबाली जोगाउनै मुस्किल

बन्गाडकुपिण्डे नगरपालिकाको अम्रा, घाटगाउँ, बस्नेउरा, मान्टुरा, आमखोली, च्युरालगायत गाउँका किसानलाई बाली जोगाउन मुस्किल भएको छ । जंगली जनावर र छाडा चौपायाले अन्नबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।