११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा ऐन २०७४, […]
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका–१ मा एक हजार सात सय ८० नागरिकले निःशुल्क स्वास्थ्य बीमा गराएका छन्। गाउँपालिकाले ६० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएपछि आर्थिक वर्ष २०७९/८० मा उनीहरु स्वास्थ्य बीमा अभियानसित जोडिएका हुन्।
काठमाडौँ,२ कार्तिक । मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ । मकवानपुर जिल्लामा हालसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका छन् । नेपाल सरकारले पाँच वर्ष अगाडि सो कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता […]
ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन् ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज बिर्तामोड र नोबेल मेडिकल कलेज विराटनगरले बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम बन्द गर्ने जनाएको बताएका छन् । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितको उपचार सेवा गरेबापतको रकम उपलब्ध
काठमाडौँ,७ असार । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट नछुटोस् भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो । आर्थिक अभावका कारणले नै यहाँका नागरिक नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष […]
१८ माघ, जनकपुरधाम। मधेश प्रदेशका पत्रकारहरुको स्वास्थ्य बीमा गरिने भएको छ । प्रदेशका आठ वटै जिल्लामा कार्यरत सबै पत्रकारको स्वास्थ्य बीमा गरिने तयारी आमसञ्चार प्राधिकरणले थालेको छ । प्राधिकरणले मंगलबार पत्रकारको स्वास्थ्य बीमा गर्ने सम्बन्धमा सरोकारबालासँग छलफल गरेको छ । जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरुको रु ७ लाखको स्वास्थ्य बीमा गरिने […]
पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक स्वास्थ्य बीमा गर्न थालेको छ । स्वास्थ्य बीमा कार्यक्रममा मातहतका ३ सय बढी पत्रकार र तिनका परिवारको बीमा गरिने महासंघले बताएको छ ।...