चिनियाँ जनमुक्ति सेनाको संयुक्त ब्रिगेडले आणविक, रासायनिक र जैविक आक्रमणविरुद्धको युद्ध अभ्यास हालैका दिनमा पूरा गरेको छ ।
उक्त अभ्यासमा कमान्डो, सशस्त्र आक्रमण समूह तथा रासायनिक युद्धका लागि तालिमप्राप्त सैनिकहरू सहभागी बनेका थिए । उनीहरूलाई सेनाका विभिन्न शाखाबाट ल्याइएको थियो ।
वेस्टर्न थिएटर कमान्ड अन्तर्गत तिब्बत सैन्य क्षेत्रले यो युद्धाभ्यास आयोजना गरेको थियो । उक्त कमान्ड भारतसँगको विवादित सीमाको रक्षाका लागि जिम्मेवार छ ।
पूरै २४ घन्टा चलेको अभ्यास नोभेम्बर महिनाको अन्त्यतिर गरिएको थियो । त्यसको...