बलेफी हाइड्रोको आईपिओमा आवेदन दिने म्याद थपियो

बलेफी हाइड्रोले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले यस अघि छिटोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब लगानीकर्ताले छिटोमा फागुन १९ गतेसम्म आवेदन दिन सकिने छ । ढिलोमा भने फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ ।  कम्पनीले माघ २७ गतेदेखि पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ  गाबिस)का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन हुने छ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन गरिएको छ । यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ। स्थानीयलाई निष्काशन गरिने शेयर पूर्ण रुपमा बिक्रि नभएमा बिक्रि नभएको शेयर पनि सर्वसाधारणलाई बिक्रि गरिने छ । नेपाल धितोपत्र बोर्डले माघ ९ गते  कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  

सम्बन्धित सामग्री

बाराही हाइड्रोको आईपीओ भर्ने समय थपियो

काठमाडौँ – बाराही हाइड्रोको आईपीओमा आवेदन दिने समय थप भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको जलविद्युतको आईपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ। हाइड्रोपावरले कात्तिक ४ गतेदेखि बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरिरहेको छ। कम्पनीले स्थानीय बासिन्दालाई १ सय रुपैयाँ अंकित मूल्यमा २ लाख ५० हजार […]

सिक्लेस हाइड्रोको आईपिओ भर्ने म्याद थपियो

सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा भर्ने म्याद थप भएको छ । कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले  छिटोमा साउन २० गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने ब्यबस्था गरेकोमा अब ढिलोको मिति अर्थात् भदौ ५ गतेसम्म आईपिओमा आवेदन दिन सकिने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा १,२ र ३ का स्थानीयलाई आईपिओ निष्काशन गरेको हो ।कम्पनीले यी क्षेत्रका स्थानीयलाई ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि  विक्री प्रबन्धकमा  बिओके क्यापिटल रहेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको छ। स्थानीयलाई आईपिओ निष्काशन गरेपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ  ।कम्पनीले मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

फेरि थपियो रसुवागढी हाइड्रोको आईपिओ भर्ने म्याद

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने फेरि म्याद थप भएको छ । कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेको हो ।कम्पनीले सुरुमा छिटोमा असार २७ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो । सो अवधिसम्म पर्याप्त आवेदन नपरेपछि ढिलोको मिति अर्थात् साउन १० गतेसम्म आयोजना प्रभावित स्थानीयले आवेदन दिन सक्ने ब्यबस्था गरिएको थियो।  आज साउन १० गतेसम्म पनि पुरै शेयर बिक्रि नहुने अवस्था आएपछि कम्पनीले फेरि म्याद थप गरि अब साउन ३१ गते गतेसम्म आवेदन दिन सकिने जनाएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि म्याद थप गरिएको कम्पनीले जनाएको छ ।कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशन गरेको हो।  कम्पनीले आयोजना प्रभावितहरुको  ३ वर्ग कायम गरेको छ ।  जस अनुसार अति प्रभावितहरुमा गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन (साविक थुमन गा.वि.स.) र वडा नं. २ टिमुरे (साविक टिमुरे गा.वि.स.) का स्थानीय रहेका छन्। त्यस्तै प्रभावित वर्गमा प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गाविस) र वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स.) का साथै गोसाइकण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बृद्धिम (साविक बृद्धिम गा.वि.स.), वडा नं. ४ लाङटाङ (साविक लाङटाङ गा.वि.स.), वडा नं. ५ स्याफ्रबेशी (साविक स्याफ्रुबेशी गा.वि.स.) र वडा नं. ६ धुन्चे (साविक धुन्चे गा.वि.स.)का स्थानीय रहेका छन् । सामान्य प्रभावितमा माथिको २ वर्गमा नपरेका बाँकी सम्पूर्ण जिल्लाबासीहरु रहेका छन्। आयोजनाबाट अति प्रभावित (गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं २ टिमुरे), प्रभावित (आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बुद्धिम, वडा नं ४ लाङटाङ, वडा नं. ५ स्याफ्रबेशी र वडा नं. ६ धन्चे) र सामान्य प्रभावित (बाँकी सम्पूर्ण जिल्लाबासीहरु) वर्गमा पर्ने बासिन्दाहरुको लागि शेयर बाँडफाँड गर्दा सोको अनुपात क्रमशः ४.५ : १.५ : १ हुने गरी शेयर बाँडफाँड हुने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७०० कित्ताको लागि दिन सकिने छ ।नेपाल धितोपत्र  बोर्डले जेठ ३१ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति दिएको थियो ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेपनि आयोजना प्रभावित स्थानीयलाई पनि आईपिओ निष्काशन गरेको थिएँन । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  कम्पनीले आगामी पुस २५ गतेदेखि आयोजना सम्पन्न गरि विद्युत उत्पादन गर्ने लक्ष्य दिएको छ ।

रसुवागढी हाइड्रोको आईपिओमा आवेदन दिने म्याद थपियो, प्रभावितको ३ वर्ग कायम

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेकोमा छिटोमा आज असार २७ गतेसम्म आवेदन दिन सकिने जन्येको थियो । सो अवधिसम्म पर्याप्त आवेदन नपरेपछि अब ढिलोको मिति अर्थात् साउन १० गतेसम्म आयोजना प्रभावित स्थानीयले आवेदन दिन सक्ने छन् ।  कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशन गरेको हो।  कम्पनीले आयोजना प्रभावितहरुको  ३ वर्ग कायम गरेको छ ।  जस अनुसार अति प्रभावितहरुमा गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन (साविक थुमन गा.वि.स.) र वडा नं. २ टिमुरे (साविक टिमुरे गा.वि.स.) का स्थानीय रहेका छन्। त्यस्तै प्रभावित वर्गमा प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गाविस) र वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स.) का साथै गोसाइकण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बृद्धिम (साविक बृद्धिम गा.वि.स.), वडा नं. ४ लाङटाङ (साविक लाङटाङ गा.वि.स.), वडा नं. ५ स्याफ्रबेशी (साविक स्याफ्रुबेशी गा.वि.स.) र वडा नं. ६ धुन्चे (साविक धुन्चे गा.वि.स.)का स्थानीय रहेका छन् । सामान्य प्रभावितमा माथिको २ वर्गमा नपरेका बाँकी सम्पूर्ण जिल्लाबासीहरु रहेका छन्। आयोजनाबाट अति प्रभावित (गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं २ टिमुरे), प्रभावित (आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बुद्धिम, वडा नं ४ लाङटाङ, वडा नं. ५ स्याफ्रबेशी र वडा नं. ६ धन्चे) र सामान्य प्रभावित (बाँकी सम्पूर्ण जिल्लाबासीहरु) वर्गमा पर्ने बासिन्दाहरुको लागि शेयर बाँडफाँड गर्दा सोको अनुपात क्रमशः ४.५ : १.५ : १ हुने गरी शेयर बाँडफाँड हुने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७०० कित्ताको लागि दिन सकिने छ ।नेपाल धितोपत्र  बोर्डले जेठ ३१ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति दिएको थियो ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेपनि आयोजना प्रभावित स्थानीयलाई पनि आईपिओ निष्काशन गरेको थिएँन । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  कम्पनीले आगामी पुस २५ गतेदेखि आयोजना सम्पन्न गरि विद्युत उत्पादन गर्ने लक्ष्य दिएको छ ।

सयपत्री हाइड्रोको आईपीओ भर्ने समय थपियो

काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर २४ असारसम्म पुर्‍याइएको हो । कम्पनीले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई १०० अंकित मूल्यमा ३ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट […]

सयपत्री हाइड्रोको आईपिओमा आवेदन दिने म्याद थपियो

सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावितलाई स्थानीयलाई आईपिओ बिक्रि खुला गगर्दै छिटोमा असार १६ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।तर पर्याप्त आवेदन नपरेपछि अब कम्पनीको आईपिओमा असार २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।   कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीयलाई आईपिओ निष्काशन गरेको हो ।कम्पनीले उल्लेखित स्थानका स्थानीयलाई ३ लाख कित्ता शेयर निष्काशन गरिएको छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिने छ  । कम्पनीले शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।

मन्दाकीनी हाइड्रोको आईपिओ भर्ने म्याद थपियो

मन्दाकीनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले असार १ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ बिकी खुला गरेकोको हो  ।लगानीकर्ताले छिटोमा असार १५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा असार ३० गतेसम्म आवेदन दिन सक्ने ब्यबस्था रहेकोमा कम्पनीले असार २२ गतेसम्म आवेदन दिन सक्ने ब्यबस्था गरेको हो  । कम्पनीले आयोजना प्रभावितलाई ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको ५ लाख ८८ हजार ३७ कित्ता शेयर निष्काशन गरेको हो ।यस आईपिओमा कास्की  जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नम्बर २,३, ४, र ६ का स्थानीय अर्थात् साविकका सार्दीखोला, घाचोक, लाहाचोक र धिताल गाविसका स्थानीयले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि बि.ओ.के.क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो  ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम  १७ करोड ६४ लाख १० हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार ११० कित्ता शेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको निमित्त निष्काशन गर्न नुमति पाएको हो । स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

अपर सोलु हाइड्रोको आईपीओको समय थपियो, जेठ २० गतेसम्म आवेदन दिन सकिने

अपर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने समय थपिएको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री खुला गरेको आईपीओको २० गतेसम्मलाई बढाइएको हो ।कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । प्रतिकित्ता १०० रुपैयाँदरका कुल आईपीओका लागि स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ ला

बलेफी हाइड्रोको आईपिओमा आवेदन दिने म्याद थपियो

बलेफी हाइड्रोले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले यस अघि छिटोमा फागुन १९ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सकिने छ ।  आईपिओमा पर्याप्त आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेको हो । कम्पनीले माघ २७ गतेदेखि पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ  गाबिस)का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन हुने छ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन गरिएको छ । यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ। स्थानीयलाई निष्काशन गरिने शेयर पूर्ण रुपमा बिक्रि नभएमा बिक्रि नभएको शेयर पनि सर्वसाधारणलाई बिक्रि गरिने छ । नेपाल धितोपत्र बोर्डले माघ ९ गते  कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।