तेलको भाउ २ हप्ताकै न्यून विन्दुमा

कात्तिक ११, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा बिहीवार कच्चा तेलको भाउ घटेर २ हप्ताकै न्यून स्तरमा ओर्लिएको छ ।  आणविक कार्यक्रमबारे नोभेम्बरको अन्त्यसम्ममा विश्वका शक्ति राष्ट्रहरुसँग कुराकानी भइरहेको भनेर इरानले बताएपछि तेल बजार दबाबमा आएको हो । अमेरिकाको कच्चा तेल सञ्चिति अपेक्षा गरिएभन्दा धेरैले बढेको खबरले पनि तेलको भाउ घटाएको हो । ब्रेन्ट क्रुडको भाउ उक्त २ हप्ताकै न्यून विन्दु प्रतिब्यारेल ८२ डलर ३२ सेन्टमा आएको थियो । अघिल्लो दिनको कारोबारमा पनि ब्रेन्टको भाउ २ दशमलव १ प्रतिशतले घटेको थियो ।  वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि २ हप्ताकै न्यून विन्दु प्रतिब्यारेल ८० डलर ५८ सेन्टसम्म आएको थियो । बुधवार डब्ल्यूटीआईको भाउमा २ दशमलव ४ प्रतिशतको कमी आएको थियो । सन् २०१५ मा भएको परमाणु सम्झौतालाई ब्युताउँन विश्वका छ ओटा शक्ति राष्ट्रहरु आगामी महीनाको अन्त्यदेखि वार्ता शुरु हुने बुधवार इरानको शीर्ष परमाणु वार्ताकार अली बाघेरी कानीले बताएका थिए ।  सम्झौता ब्यूँतियो भने पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ को अन्त्यतिर इरानको तेल निर्यातमा लगाएको कठोर प्रतिबन्ध हट्न सक्नेछ ।  गत हप्ता अमेरिकाको कच्चा तेल सञ्चिति ४३ लाख ब्यारेलले बढेको अमेरिकी ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो विश्लेषकहरुले अनुमान गरेको भन्दा दोब्बरभन्दा बढी हो । एजेन्सी  

सम्बन्धित सामग्री

महँगियो कच्चा तेल

अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गएको कच्चा तेलको भाउले फेरि मूल्यवृद्धि बढ्ने जोखिम देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । बुधबार कारोबार भइरहँदा (दिउँसो साढे २ बजे) डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ८९.१३ डलर कायम भएको छ ।

कच्चा तेलको भाउ २०२३ कै उच्च विन्दुमा, नेपालमा पनि मूल्य बढ्ने

अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गएको कच्चा तेलको भाउ सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ ।  यो साता शुक्रबार बजार बन्द हुँदा डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ८५.५५ डलर कायम भएको छ । शुक्रबार एकै दिन २.३ प्रतिशतले मूल्य बढेको हो । त्यस्तै ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८८.५५ डलर कायम भएको छ भने मुर्बान तेलको ९०.६९ डलर पुगेको छ ।

ओपेकले तेलको भाउ किन घटाउँदैन? - BBC News नेपाली

तेलको मूल्य आठ वर्षकै उच्च विन्दुमा पुगेको छ तर किन तेल निर्यात गर्ने देशहरूले मूल्य घटाइरहेका छैनन्?

युक्रेन युद्धको असर : तेलको भाउ १४ वर्षयताकै उच्च, प्रति ब्यारेल १३९ डलर पुग्यो

बीबीसी । तेलको भाउ २००८ पछिकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अमेरिकासहित यसका मित्रराष्ट्रहरूले रुसी आपूर्तिमा प्रतिबन्ध लगाउनेबारे छलफल गरेसँगै तेलको मूल्य १४ वर्षकै उचाइमा पुगेको हो । त्यस्तै ग्यासको मूल्य पनि सबैतिर बढ्ने संकेत देखिएको छ ।  कच्चा तेलको मूल्य केही दिनमै प्रति ब्यारेल १३९ डलर पुगेको छ । एक...

कच्चा  तेलको भाउ ३ वर्षकै उच्च विन्दुमा

असोज १९, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर तीन वर्ष यताकै उच्च स्तरमा उक्लिएको छ ।  तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह अर्थात् ओपेक प्लसले तेलको उत्पादन वृद्धिको योजना यथावत् रहने घोषणा गरेपछि अन्तरराष्ट्रिय बजारमा मंगलवार तेलको भाउ बढेको हो । विद्यमान दैनिक ५८ लाख ब्यारेलको उत्पादन कटौती हटाउँदै लैजान कम्तिमा सन् २०२२ को अप्रिलसम्ममा हरेक महीना तेलको उत्पादन दैनिक ४ लाख ब्यारेलका दरले बढाउँदै लैजानेमा गत जुलाईमा ओपेक प्लसले सहमति गरेका थिए ।  मंगलवार यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ६ : ४१ बजे लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव ५ प्रतिशतले बढेर ८३ डलर ११ सेन्टमा पुगेको थियो ।  सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि १ दशमलव २७ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७८ डलर ५९ सेन्टमा पुगेको थियो ।  सोमवार ब्रेन्ट क्रुड र डब्ल्यूटीआई दुबैको भाउ क्रमशः २ दशमलव ५ प्रतिशत र २ दशमलव ३ प्रतिशत बढेका थिए । यस वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ ५० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । एजेन्सी

ओपेक प्लसको वार्ता असफल भएपछि तेलको भाउ २०१४ यताकै उच्च विन्दुमा

असार २२, न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर सन् २०१४ यताकै उच्च विन्दुमा उक्लिएको छ ।  पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र संगठन बाहिर रुसलगायत प्रमुख तेल उत्पादकहरुको समूह अर्थात् ओपेक प्लस बीच अगष्टदेखि उत्पादन बढाउने योजनाबारे सहमति हुन नसकेपछि तेलको भाउले टेवा पाएको हो ।  अगष्टमा उत्पादन वृद्धि नहुने ओपेक प्लस सम्बद्ध केही स्रोतहरुले बताएका छन् । अन्यले भने आगामी दिनमा यसबारे वार्ता र सहमतिगर्न नयाँ सम्झौता हुन सक्ने बताइरहेका छन् । तर अहिलेसम्म बैठकको नयाँ मिति भने तोकिएको छैन ।  लन्डनमा मध्यदिनको कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ६२ सेन्ट अर्थात् शून्य दशमलव ८ प्रतिशतले बढेर प्रतिब्यारेल ७७ डलर ७८ सेन्टमा पुगेको थियो । ब्रेन्टको भाउ यस अघि सन् २०१८ को अक्टोबर यता यस स्तरमा आएको थिएन । अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि मंगलवार १ डलर ७५ सेन्ट अर्थात् २ दशमलव ३ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७६ डलर ९८ सेन्टमा पुगेको थियो । यो सन् २०१४ को नोभेम्बरयताकै उच्च हो । अगष्टयताको उत्पादन स्तरबारे प्र्रमुख तेल उत्पादकहरु बीच मतभेद देखिएको छ । जसकाकारण सोमवार वार्ताले निरन्तरता पाउन सकेन । एजेन्सी

तेलको भाउ २ वर्षकै उच्च विन्दुमा

जेठ १८, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेर २ वर्षकै उच्च विन्दुमा  उक्लिएको छ ।  आगामी चरणको उत्पादन नीतिबारे छलफल गर्न मंगलवार प्रमुख तेल निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपकबाहिरका प्रमुख तेल उत्पादकहरु भिडियो कन्फ्रेन्समार्फत भेट्दै थिए । सो बैठकमा उत्पादन बढाउनेबारे सहमति हुन सक्ने आशामा तेलको भाउ बढेको हो ।  मंगलवार बिहानी कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ करीब २ दशमलव ७ प्रतिशतले बढेर प्रतिब्यारेल ७१ डलर १५ सेन्टमा पुगेको थियो । ब्रेन्टको भाउ ७० डलरमाथि पुगेको यो मार्चयता पहिलो पटक हो ।  अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि ३ प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ६८ डलर ६१ सेन्टमा पुगेको छ । यो २ वर्षभन्दा बढी समययताकै उच्च हो । यस वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ ३० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।  दुबै क्रुड फयूचर यस अघि सन् २०१९ मा मात्रै यो स्तरमा आएको थियो । एजेन्सी