सोलुखुम्बु : नेचा सल्यान गाउँपालिका–२ सल्यानकी २५ वर्षीया लिलामाया राई मृत फेला परेकी छन्। बेलुकीको खाना खाएर आफ्नै घरमा सुतेकी लिलामाया बुधवार बिहान मृत फेला परेकी हुन्।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार खाना खाएर लिलामायासँगै सुतेका उनका श्रीमान गुणराज राईले श्रीमतीको मृत्यु भएको बिहान मात्र थाहा पाएका थिए। श्रीमती मृत अवस्थामा फेला परेपछि गुणराजले छिमेकीलाई खबर गरेका थिए।मृतकको शरीरमा चोट देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनामा शंक