इलाम : नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र डिफेन्डर मन्जलीकुमारी योन्जनलाई डेंगु संक्रमण भएको छ।अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले सावित्रा र मन्जलीमा डेंगुको संक्रमण देखिएको पुष्टि गरे। २ खेलाडीसँगै गोलरक्षक प्रशिक्षक सुरजकुमार लामामा समेत संक्रमण पुष्टि भएको छ।संक्रमण देखिएसँगै दुवै खेलाडी आज श्रीलंकाविरुद्धको खेलमा नेपाली टोलीमा हुने छैनन्।उनलाई मेडिसिटी अस्पतालमा राखिएको छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुमार थापाका अनुसार ख