हेटौँडामा एकीकृत समाजवादीलाई झिनो अग्रता

हेटौँडा उपमहानगरको मेयर पदमा एकीकृत समाजवादीकी मीना लामाले झिनो अग्रता बनाएकी छन् । लामाले ७५४ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले ७ सय ५३ मत ल्याएका छन् ।राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ६ सय ९१ मत ल्याएका छन् । हाल हेटौँडाको वडा नम्बर १, २, १८ र १९ को २५ सय मत गणना भएको छ ।

सम्बन्धित सामग्री

पोखरामा गठबन्धनका धनराजकाे अग्रता कायमै, मतान्तर बढ्दै

कास्की : कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले विपक्षी एमालेका उम्मेदवारसँगको अन्तरलाई झन् झन् फराकिलो पार्दै लगेका छन्।मतगणनाको सुरुवाती चरणमा झिनो अन्तरले मात्रै अगाडि रहेका नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार आचार्यले पछिल्लो पटक एमालेका उम्मेदवार कृष्ण थापालाई ७९५ मतले पछाडि पारेका छन्। पछिल्लो सार्वजनिक मत परिणामअनुसार कुल १५ हजार ९७२ मत गणना हुँदा आचार्यले छ हजार ५७९ मत पाएका छन् भने थापाले ५ हजार ७८४ मत ल्याएका छन्।यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार

पोखरामा गठबन्धनका आचार्यले लिए करिब ५ सय मतले अग्रता

पर्वत : कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी) का तर्फबाट महानगरको प्रमुखमा चुनावी प्रतिस्पर्धामा रहेका धनराज आचार्यले एमालेसँगको अन्तरलाई झनै फराकिलो बनाएका छन्।मतगणनाको सुरुवाती चरणमा झिनो अन्तरले एमालेका उम्मेदवार कृष्ण थापालाई पछाडि पार्दै आएका आचार्यले पछिल्लो पटक करिब ५ सय मतको अन्तर पारेका छन्। हालसम्म गणना गरिएका १२ हजार ९७ मतपत्रमध्ये आचार्यको पक्षमा ४ हजार ८ सय ४८ मत परेका छन् भने थापाको पक्षमा ४ हजार ३ सय ५२ मत परेका छन्। उनीहरूबीच ४ सय ९६ मतको अन्त

हेटौँडा उपमहानगरपालिकामा एकीकृत समाजवादीको झिनो अग्रता

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । ५२६७ मत गन्दा  मेयरमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मीना लामा १५८९ मत ल्याउँदै अघि रहेकी छन् ।  नेकपा एमालेका अनन्त पौडेलले १५५० मतले ल्याएछन् ।उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाले २२६३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले १८९१  मत ल्याएकी छन् ।

हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीकी मीना लामा झिनो मतान्तरले अघि

हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मीना कुमारी लामाको अग्रता कायम रहेको छ। हेटौँडा उपमहानगरको हाल १, २, १८ र १९ नम्बर वडाको मत गणना कार्य भइरहेको छ। हालसम्म २४६८ मत गणना हुँदा सत्तारुढ गठबन्धनले मेयर र उपमेयर दुवैमा अग्रता लिएको छ। हालसम्म सत्तारुढ गठबन्धनतर्फ…