म्याग्दी बेलीमा फस्टाउँदैछ कोदो खेती

म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो खेती मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा भने फस्टाउँदै गएको छ । यहाँका वासिन्दाहरुले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् ।

सम्बन्धित सामग्री

सहरमा माग बढेपछि गाउँमा फस्टाउँदै कोदो खेती

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी तिला बिकले यस वर्ष सात मुरी कोदो घरमा भित्र्याइन् । विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गरेकी बिकले यस वर्ष भने आफ्ने करिब पाँच रोपनी बारीमा कोदो रोपेकी थिइन् । गत वर्ष तीन मुरी कोदो भित्र्याएकी बिक यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउन […]

गरिबले मात्रै खाने अन्न रहेन कोदो

म्याग्दी : म्याग्दीमा उत्पादित कोदोको माग शहर बजारमा बढ्दै गएपछि यहाँका किसान पछिल्लो समय कोदो खेतीतर्फ आकर्षित भएका छन्। कोदोको महत्त्व र उपयोगिता बढ्दै गएपछि गरिबले खाने अन्न भन्ने परिभाषा पनि उल्टिएको छ।पाखो जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ। कोदोमा मानव स्वास्थ्यका लागि अत्यावश्यक पौष्टिक तत्त्व भरपूर पाइन्छ। यसले गर्दा बेनी, पोखरा, काठमाडौँ लगायतका शहरी क्षेत्रमा कोदोको माग बढ्दो छ।कोदो खेती विस्तार र संरक्षणमा सम्बन्धित स्थानीय तहले नै आवश्यक सहयोग र बजारीकरणको प्रबन्ध मिलाउन

विदेशबाट फर्किएर गाउँमै व्यावसायिक खेती

म्याग्दी-जापानमा १० वर्ष बिताएका मंगलागाउँपालिका– २ तल्लो डडुवाका कृष्ण पौडेलले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् ।परम्परागत शैलीको खेती र पशु पालनलाई विस्तापित गर्दै लगडाउनको समयमा उनले कृषि र पशुपालनलाई व्यावासायिक आम्दानीको स्रोतको रुपमा अघि बढाएका छन् । टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मकै र कोदो खेती रहेको बारीलाई विस्तापित गरेर उनले चार […]

सहरमा कोदोको माग बढ्दो, गाउँमा उत्पादन घट्दो

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा वर्षेनी कोदो खेती गर्ने क्रम घट्दै गइरहेको छ। केही समय पहिलेसम्म मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण ,धौलागिरि र बेनी नगरपालिकाका सबै गाउँहरूमा प्रशस्त कोदो खेती हुन्थ्यो।तर आजकल कोदो खेतीप्रति किसानहरूको मोह घट्दै गएको छ। म्याग्दीका किसानहरूले लगाएको कोदो प्रशस्तै मात्रामा फल्ने गरेको थियो। उत्पादन धेरै भएपनि बिक्री हुन छाडेपछि किसानहरू कोदो खेतीप्रति निरुत्साहित हुँदै गएका हुन्।कोदोका परिकारको विविधिकरण र बजारीकरणमा देखिएको समस्याले किसानहरू कोदो खेतीप्रति आकर

बेमौसमी वर्षाले कोदोमा क्षति

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा बेमौसमी वर्षाले कोदोमा क्षति गरेको छ। म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये करिब एक हजार हेक्टरमा कोदो खेती हुने गरेको छ।म्याग्दीको भकिम्ली, देवीस्थान, रुम, अर्मन, वरंजा, मुना, मुदी, गुर्जालगायतका गाउँमा लगाइएको कोदो बाली बेमौसमी वर्षाले क्षति गरेको किसानहरुले बताएका छन्। तर धानबालीमा मात्र क्षति पुगेको समाचार आउने गरेको उनीहरूको गुनासो छ।‘धानबाली नष्ट भन्ने मात्रै समाचार आउँछन्, हाम्रो मुख्य बाली कोदो नष्ट भएको कसैले देख्दैनन्&sbqu

टिमुरको व्यावसायिक खेतीमा पोखराका किसानको आकर्षण बढ्दै

असार २५, कास्की । पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । चार वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका कृषक टिमुरको व्यावसायिक खेतीतर्फ आकर्षित बनेका हुन् । परम्परागत मकै र कोदो खेती गर्दा उत्पादनभन्दा लागत बढी हुने र प्राकृतिक प्रकोपका साथै जंगली जनावरले समेत नोक्सान गर्ने हुँदा लामो समयदेखि बाँझै रहेको सो क्षेत्रको जमीनमा यतिखेर टिमुरसहित विभिन्न जातका नगदेबालीले व्यवसायिकता पाउन थालेको हो । घरको छेउको बारीमा चार वर्षअघि लगाइएका टिमुरका पाँचओटा बिरुवाले गत वर्षदेखि उत्पादन दिन शुरु गरेको लालशोभा गुरुङले बताए । उनका अनुसार पहिलो वर्ष फाट्टफुट्ट फल फले पनि यस वर्ष भने लटरम्म फलेका छन् । कृषि वन कार्यक्रम पकेट क्षेत्र अर्मला डिही कृषक समूहका अध्यक्षसमेत रहेकी उनका अनुसार डिभिजन वन कार्यालय कास्कीले निःशुल्क उपलब्ध गराएको बिरुवाले राम्रो फल दिन थालेपछि टिमुर खेतीप्रति यतिखेर यस क्षेत्रका बासिन्दाको आकर्षण बढेको हो । ‘स्वास्थ्यबर्द्धक एवम् औषधीय गुण भएको टिमुर खेतीतर्फ युवा वर्गको आकर्षण बढेको देख्दा असाध्यै खुशी लागेको छ’, उनले भने, ‘युवाको उत्साहलाई जीवित राख्न सबै क्षेत्रको सहयोग अपरिहार्य छ ।’ कुरदेखि डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको ५०० रोपनी निजी जग्गामा प्रत्येक वर्ष टिमुरसहित विभिन्न प्रजातिका विरुवा क्रमिक रोप्दै आएको उल्लेख गर्दै उनले साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य समूहले लिएको बताए । नेपाल सरकारको राष्ट्रिय वृक्षरोपण १० वर्षे रणनीतिअनुसार २०७३ सालदेखि डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा शुरु गरिएको सो अभियानअन्तर्गत हालसम्म १२ हजारभन्दा बढी टिमुरका बिरुवा रोपिएको बताउँदै उनले यस वर्ष मात्र एक हजार ३०० बिरुवा रोप्ने अभियानको थालनी भएको जानकारी दिए । लामो समयदेखि बाझै रहेका कारण झाडी र जङ्गलमा परिणत भएको सात रोपनी जग्गामा यस वर्ष १५० ओटा टिमुरका विरुवा रोपेको स्थानीय युवा किरण गुरुङले जानकारी दिए । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकोले व्यावसायिकरूपले खेती शुरु गरिएको उनको भनाइ छ । उनले थोरै लगानी र कम मिहिनेतले राम्रो आम्दानी हुने देखेर उक्त खेतीतर्फ आकर्षण बढेको बताए । स्थानीय प्रजातिका कटुस, चिलाउने, उत्तिसलगायतका बोटसहित झाडी रहेको उक्त जग्गामा अलैँची, कफीलगायतका अन्य बालीसमेत लगाउने तयारी भइरहेको उनको भनाइ छ । अर्का युवा शंकर गुरुङले सात रोपनी जग्गामा टिमुरका १५० सहित ५०० भन्दा बढी अलैँची, कफी, किवी, एभोकार्डोलगायतका बिरुवा रोपेका छन् । सोही जग्गामा अन्य आयआर्जन गर्न सकिने नवीनतम बिरुवा लगाउने सोचमा रहेको उनी बताउँछन् । गाउँमा आफ्नो जग्गामा खेती गर्नभन्दा अर्मलाको फाँटमा अरुको खेत अधियाँ रोप्दा फाइदा हुने हुँदा विगत लामो समयदेखि बाँझिएको साढे चार रोपनी निजी जग्गामा यसै वर्ष टिमुरका ३०० बिरुवा रोपेको लप्सीबोट (रघु) का बलबहादुर विक र भक्तबहादुर विकले बताए । डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार राष्ट्रिय वृक्षरोपण दशक अभियानअन्तर्गत अर्मला क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न आयमूलक जातका बिरुवा थप्दै गएको जानकारी दिए । सो क्षेत्रमा म्याग्दी जिल्लाबाट खरीद गरिएका टिमुरका बिरुवा वितरण गरिएको हो । बिरुवा खरीद र ढुवानीसहित खाल्टा खन्नेसमेत कार्यालयबाट व्यवस्था गरिएको छ । शुरुमा रोपिएका बिरुवाले फल दिन थालेको र आगामी केही वर्षभित्र स्थानीय कृषकले कृषि वनको माध्यमबाट राम्रो आम्दानी लिने उनको विश्वास छ । टिमुरको बजार मूल्य हाल प्रतिकिलो रू. तीन हजार ५०० सम्म रहेको छ ।  समुद्री सतहबाट एक हजार १०० देखि एक हजार ८०० मिटरको उचाइमा रहेको साविक अर्मलाको सो क्षेत्रमा हालसम्म ३५ हजार अलैँची, १२ हजार टिमुर, १० हजार कफी, दुई हजार ५०० एभोकार्डो, १०० किवी, दुई हजार अम्बा, एक हजार आँप, ५०० लप्सी, २०० कुरिलो र ठूलो परिमाणमा राईखनियो, इपिलइपिल, पाउलोनियालगायतका डालेघाँंसका विरुवा रोपिएको कृषि वन समूहका सचिव जितबहादुर बस्नेतले जानकारी दिए ।  उनका अनुसार वन कार्यालयले आवश्यक विरुवा निःशुल्क उपलब्ध गराउनुका साथै खाल्टा खन्नका लागि समूहलाई हालसम्म रू. तीन लाख १५ हजार उपलब्ध गराइसकेको छ । वृक्षरोपणदेखि बिरुवाको संरक्षण तथा उत्पादित वस्तुको उपयोगका बारेमा सम्बन्धित निकायले कृषकलाई समयमै तालीमको व्यवस्था गर्नुपर्नेमा उनको जोड रहेको छ ।  दुईदेखि छ मिटरसम्म अग्लो बोट हुने झाडी एवं सदाबहार प्रजातिको टिमुरको फल प्रशोधन गरेर तेल निकालिन्छ । टिमुरको तेल विशेषगरी दाँत दुख्दा निको पार्न र आयुर्वेदिक टुथपेष्ट बनाउने काममा प्रयोग गरिन्छ । साथै यसको प्रयोग अत्तर, साबुन र स्याम्पुजस्ता वासनादार सामग्री उत्पादनमा पनि गरिन्छ । युरोपेली बजारमा  प्रत्येक वर्ष यसको माग उच्च रहँदै आएको छ । रासस

हराउँदै कोदोखेती !

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै