काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा झन्डै पाँच महिनादेखि ताला लागेको छ । विभिन्न माग राखेर विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले साढे चार महिनाभन्दा लामो समयदेखि ताला लगाएका छन् ।
अघिल्लो हप्ता नेकपा निकट अखिल क्रान्तिकारीले ताला फुटाए पनि अर्को दिन प्रहरीकै उपस्थितिमा नेविसङ्घले ताला लगाएको थियो । एउटा पक्षले ताला लगाउने र अर्काले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित छन् । नेविसङ्घले जनकप...